काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। यसअघि हरेक सोमबार नियमित बैठक बस्ने गरेको भएपनि यसपटक आइतबारै बैठक बोलाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने गरी बैठक बोलाइएको भूमि व्यवस्था तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् ।
उनका अनुसार बैठकको मुख्य एजेण्डा कोरोना महामारी रहेका छ। आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित रहेर छलफल र निर्णय हुन सक्ने उनले बताइन्।
आजको बैठकमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबारको बैठकले गरेको सिफरिसको विषयमा छलफल गरी आवश्यक निर्णय हुने उनले बताइन्।
कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।