काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ३ः३० बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड–१९ का सन्दर्भमा सम्बोधन गर्न लागेका हुन्।
त्यसैगरी प्रधानमन्त्रीले आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक समेत राखेका छन्।
हिजो आइतबार मन्त्रिपरिषद् बैठक बसी बैशाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनुका साथै निषेधाज्ञालगायतका विषयमा निर्णय गराएका प्रधानमन्त्री ओलीले आज सोमबार पुनः बैठक राखेको हुँदा केहि विशेष निर्णय हुनसक्ने बताइएको छ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज ३:३० बजे समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा
देशवासीका नाममा सम्बाेधन गर्नुहुने जानकारी गराउन चाहन्छु ।
सम्बाेधनकाे प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएकाे छ ।— Surya Thapa (@ThapajiSurya) May 3, 2021