काठमाडौं– नेकपा (एमाले)का माधव नेपाल पक्षधर सांसद झपट रावलले आफूरुले पार्टी एकताको लागि हर प्रयास गरेको भएपनि त्यो सुनुवाई नभएको बताएका छन् । र, पार्टी आजबाट औपचारिक रुपमा विाभजन भएको बताएका छन्।
राजीनामा दिनेगरि सिंहदरबार पुगेका सांसद रावलले भने–‘हाम्रो हर प्रयास पनि सुनिएन, अब पार्टी औपचारिक रुपमै विभाजन भयो ।’ माधव नेपाल पक्षधर सांसदहरु संयुक्त रुपमा राजीनामा दिनेगरि सिंहदरबार भेला भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षले राजीनामा दिन लागेको हो ।
नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् । नेपाल पक्षका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन । तर, पार्टी विभाजन नै हुने भएपछि समानुपातिक सांसदले पनि राजीनामा दिने तय भएको छ ।
आफूहरुले राजीनामा दिएपछि संसदको संख्या घट्ने र त्यो अवस्थामा संसदमा एमाले बाहेक अन्य दलको बहुमत पुग्ने आँकलन नेपाल पक्षको छ ।