काठमाडाैं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरेको छ।
आयाेगले बुधबार एक सूचनामा जारी गर्दै शैक्षिक सत्र २०७७/७८ का लागि नयाँ शुल्क कायम भएकाे जनाकारी दिएकाे हाे।
आयाेगका अनुसार अब एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ तिर्नुपर्ने छ। यता, उपत्यकाबाहिर अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ तिर्नुपर्ने छ।
यता आयाेगले बीडीएसका लागि २० लाख १९ हजार ५८० ताेकेकाे छ भने बीएसी नर्सिङका लागि ७ लाख ५० हजार ताेकेकाे छ।