काठमाडौं- नेकपा एमाले स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अवसरका लागि नभएर वाम आन्दोलनलाई बलियो बनाउन एमालेमा जोडिएको बताएका छन् ।
एमालेका उम्मेदवार बादलले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा हारेको दिन सामाजिक संजाल फेसबुकमा पोखरेलले उनकाे बचाउँ गर्दै संकल्प बोकेर पार्टीमा आएको टिप्पणी गरेका हुन्।
‘कमरेड बादल अवसरका लागि होइन, वाम आन्दोलनलाई बलियो बनाउने संकल्प बोकेर एमालेमा जोडिनु भएको हो भन्नेकुरा अब सबैले बुझ्न पाउनेछन्,’ उनले लेखेका छन्।