काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७ हजार ४२५ संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ८४६ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ७ हजार २२० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६०७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट २०५ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ। हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
देशभर हाल १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा र ७ हजार ३७६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ६९७ जना आईसीयू र ४६७ जना भेन्टिलेसनमा रहेका छन्। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।
७ हजार १३५ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर ७ हजार जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन्।
यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ। हालसम्म ५ लाख २० हजार ४६१ संक्रमित भएका छन्।