गोरखा- आरुघाट गाउँपालिका–९ बाट संरक्षित कालो सालक फेला पारि उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला वन कार्यालयको संयुक्त टोलिले सालकको उद्धार गरेको हो ।
गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका-९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको पौडेलले जानकारी दिए ।
गोरखा नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजस्नु संरक्षण ऐनमा सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।