काठमाडौं- नेपालमा गएको २४ घण्टामा ६ हजार ९३९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
२० हजार ९९२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। २० हजार ४१४ पीसीआर परीक्षण गर्दा ६७१ र ५७८ एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यही अवधिमा ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन्। आज १०५ जनाको ज्यान गएको छ। यो संँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ।
नेपालमा आजसम्म ५ लाख ४२ हजार २५६ जना संक्रमित भएकामा ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन्।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७३८,मोरङमा ४१०, ललितपुरमा ३६४, कास्कीमा ३५८, भक्तपुरमा २६५ र काभ्रेपलाञ्चोकमा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै चितवनमा १९८, धादिङमा १८८, सुनसरीमा १८६, गुल्मीमा १७५,नुवाकोटमा १६५,सिन्धुपाल्चोकमा १५०, रुपन्देहीमा १४०,सुर्खेतमा १२४, झापामा ११८, कैलालीमा ११२, मकवानपुरमा १०२, धनुषामा ९५, अछाममा ९७, बारामा ८९, सर्लाहीमा ८६, सिरहामा ८३, सिन्धुलीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाङमा ६५, कपिलवस्तु र पाल्पामा ६६/६६ जना, महोत्तरी र तनहुँमा ६१/६१ जना, नवलपरासी पुर्वमा ५८, लमजुङमा ४८, दोलखामा ४५, रामेछापमा ४४, सल्यानमा ४२ र सप्तरीमा ४० जना संक्रमित थपिएका छन् ।
यस्तै पर्वत र स्याङजामा ३८/३८ जना, संखुवासभामा ३७, रौतहटमा ३२, तेह्रथुममा ३१, बाँकेमा ३०, कञ्चनपुरमा २९, पर्सामा २७, दैलेख र दार्चुलामा २५/२५ जना, डडेलधुरामा २३, धनकुटामा २२, पाँचथरमा २१, ताप्लेजुङ र म्याग्दीमा २०/२० जनामा संक्रमण देखिएको छ ।
बैतडीमा १५, बर्दियामा १४,अर्घाखाँचीमा १३, रुकुम पश्चिममा १२, डोटीमा ९, ओखलढुंगा र नवलपरासी पश्चिममा ८/८ जना, खोटाङमा ७, भोजपुर, रोल्पा र कालिकोटमा ६/६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै उदयपुर, रसुवा र बाग्लुङमा ५/५जना, इलाममा ४, सोलुखुम्बु, रुकुम पुर्व र जुम्लामा २/२ जना तथा मुस्ताङ, प्युठान, जाजरकोट र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै १० वर्षमुनिका २१४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।