अहिले रातको १२ बज्दैछ। सामन्यतया म यतिबेला घुरिरहेको हुन्थेँ । आज,सुत्नुअघी एकचोटि संजाल खोल्छु भनेको म अहिलेसम्म पनि संजाल चलाइरहेको छु। आजको रात म आनन्दले सुत्न सक्दिन भन्ने अहिल्यै थाह छ। त्यसैले म मनको बह पोख्न लेख्न लाइरहेको छु।
‘भेरी अस्पतालमा कोभिड उपचाररत बिरामीको मृत्यु भएको निउँमा स्वास्थकर्मीमाथी हातपात- नर्स दुइतल्ला माथीबाट हाम फालेर ज्यान बचाइन्’ भन्ने समचार पढेपछी अनि भिडियो हेरेपछी मनमा औडाह भएको छ । अनि, हेरिरहेछु, दिनभरी अस्पतालमा उपचार गरेर अहिले सुत्ने तरखरमा रहेका सिनियर डाक्टरहरुको निराशा। अनि, घटना सार्वजनिक भएपछी उत्पन्न भएका प्रतिक्रिया।
मनमा एकोहोरो प्रश्न आइरहेछ- के नेपालका स्वास्थकर्मी यस्तै घटनाका लागि लायक हुन् त ? एकैछिन रोकिनु न।
केहिबेर सोच्नु।
प्रश्न दोहोर्याउँछु- के नेपाली स्वास्थकर्मी यसैका लागि लायक हुन् त?
जवाफ आफैंसङ राख्नु ! म अहिलेचाहिँ पाँच महिने छोरीलाई कोभिड संक्रमण हुँदासमेत भेट्न नगइ अस्पतालमा बसेर अरु कोभिड बिरामीको उपचारमा दिनरात घटिएका बिरगंजका एक डाक्टरले भेरी घटनापछी लेखेको प्रतिक्रिया सुनाउँछु ।
‘पाँच महिने छोरीला कोरोना लाग्दापनी साथ नबसी दिनरात सेवामा बस्दा यतो उपहार पाइयो। धिक्कार छ !’
सोच्न सक्नुहुन्छ ? यी डाक्टर कुन हदसम्म गुज्रिए होला ?
प्रश्न उहि दोहोरिन्छ-के यी डाक्टर जस्ता सयौं डाक्टर यस्तै कुटाइ अनि दुव्र्यवहारका लायक हुन् त?
अहिल यो पढीरहँदा तपाइँलाई पक्कै लागिरहेको होला-एक दुई जनाले गरेको दुव्र्यवहारलाई लिएर समग्र समाजलाई शंका गर्न पाइन्छ ?
पाइन्न।
यो उत्तरको लागि सोच्नैपर्दैन।
तर,भेरीको यो घटनापछी अधिकांशले लेखे-“यस्तो समयमा यसरी खटिरहेका स्वास्थकर्मीमाथी हातपात उचित होइन”!
यस्तो बेला?
यो भनेको के हो ? तपाइँको सहानुभूतिमा त सिधै ‘अरुबेला त जायज’ भन्ने सन्देश गएन र?यस्तै सन्देश लेख्नेहरुबाट फेरि अर्को कुनैदिन डाक्टरमाथी दुव्र्यवहार हुनेछ अनि फेरि हिजो भेरीमा कुट्नेले भन्नेछ- ‘यस्तोबेला यस्तो गर्नु गलत हो !’ नपत्याए, घटनाको समाचारसंगै आएका प्रतिक्रिया पढ्नु न है !
कि, तपाइँ स्वयं नै यस्तो लेख्नुभएको थियो ! थियो/छ्/हुनेछ भने चाहिँ अग्रिम धन्यवाद !
….डाक्टर किन कुटिन्छन् नेपालमा पटकपटक ?
किन पटकपटक गाली-दुव्र्यवहार सहनुपर्छ डाक्टरले ?
नेपालमात्र होइन संसारभर नै अस्पताल भनेको जुनकुनैबेला हिंसा हुनसक्ने सम्भावित ठाउँ हो। तर, अन्यत्र तिर यस्ता समाचार त्यति सुनिन्न। प्रत्यक्ष ज्यानसंग सरोकार राख्ने भएकाले अलिकती यताउता हुनेबित्तिकै अरु सबै कुरालाइ ‘सेकेन्डरी’ बनाएर आफ्नो अगाडी भएको डाक्टरले नै सक्दो प्रयास गरेन वा लापरबाही गर्यो भन्ने सोच नेपाली समाजमा ब्याप्त छ। केही अघिसम्म ‘हजुर त भगवान हो’ भन्नेहरु अलिकती तलमाथि हुनेबित्तिकै ‘ज्यानमारा’ बनिहाल्छन्।
आक्रोसित हुनु- गाली गर्नु स्वभाविक झैँ लागेपनी हातपातमै उत्रिनु हिंस्रक सोचको नतिजा हो। सम्पुर्ण ब्यवस्थापन-पद्धतिको आक्रोश निर्बल स्वास्थकर्मीमाथी पोखेर आफ्नो कुन्ठा शान्त पारे असफल प्रयास पनि हो।
नेपालमा कार्यक्षेत्रमा रहेका स्वास्थकर्मीको सुरक्षाका निम्ति सरकारले केही पहलकदमी लिएकै छैन। आफ्नो ज्यानलाइ जोखिममा राखेर लगातार दुइदिनसम्म उपचारमा खटिनेहरुलाइ पिट्ने अनि दुव्र्यवहार गर्नेजस्ता अपराधिक कार्य भएपनि ‘प्रसासनको रोहवरमा घटना’ मिलाइन्छ। अझ, कतिपय सन्दर्भमा त, काम गरिरहेको डाक्टरलाई बिना कुनै पुर्वजानकारी पक्राउ गरेर ‘गल्ती भएछ’ भनेर छोडिदिने दु:खद प्रचलन नेपालमै कायम छ। ‘Jail Without Bail’ भन्ने नारा उठाउन थालेको पनि बर्षौ भैसक्यो। एउटा ‘पाठ सिकाउने’ खालको ट्रेन्ड बनाउन सरकारले चाहेकै छैन किनकी, डाक्टरहरुलाइ हातपात गर्ने अधिकांश घटनामा राजनीतिक पार्टीका बफादार कार्यकर्ता प्रत्यक्ष जिम्मेवार हुनेगर्छन् ।
सबैभन्दा दु:खद पक्ष के छ भने डाक्टरहरुमा एकता भन्ने चिज अलिकती पनि छैन। आफुलाइ नपर्दासम्म चुपचाप बसिदिने अजिबको प्रवृत्ति डाक्टरमाझ छ । नेतृत्व तहमा बसेका डाक्टरहरु दबाबका कार्यक्रम ल्याउनुपर्नेमा कुनै पार्टीको ‘हनुमान’ झैँ बनेर ‘लाभको पद’ खान पाइहालिन्छ कि भनेर ढुकेर बस्ने बिरोधाभाष चरित्रले समस्या समाधान भन्दा धेरै पर छ। केही कठोर कदम नचालेसम्म अवस्था अझै चिन्ताजनक हुने बर्तमान धरातलीय यथार्थ देख्दादेख्दै मेडिकल नेतृत्व ‘प्रसासनको रोहवरमा’ हुने सहमतिलाई स्वागत गर्दै बस्नु समग्र चिकित्सा क्षेत्रकै लागि बिडम्बना हो । बिराट मेडिकल कलेजमा कार्यरत चिकित्सक माथी हातपात भएको हप्तादिन नबित्दै मध्यरातमा भेरीमा भएको घटनाले समग्र स्वास्थक्षेत्रको बर्तमान तस्बिर बोल्छ।
हिजो भेरीमा घटनापस्चात भागदौड भइ अस्तव्यस्त भएपछि उपचाररत अन्य दुई बिरामीको ज्यान गुमाउनुपरेको दुखत खबरसंगै हप्तापहिले बिराट मेडिकल कलेजमा एक सिकिस्त डाक्टरले नै यस्तै घटनापछी ज्यान गुमाउनुपरेको यथार्थ देख्दा प्रष्ट भन्न सकिन्छ- नेपाली समाज चेत्दैन।
समाजमा डाक्टरबारे अनेकौं भ्रम छन् ! ‘डाक्टर भगवान हुन्’ भन्ने भ्रम परिस्थितिजन्य अवस्था नबुझेर निस्कने वा अत्यन्तै पिडादायी अवस्थामा आशाका रुपमा मानिने बिम्ब हो ! ‘बिरामीले तिर्ने सबै पैसा डाक्टरको खल्तीमा जाने हो’ भन्ने भ्रम सबैभन्दा दु:खद भ्रम हो हाम्रो समाजको।किननी, उनीहरुलाई चौबीसै घन्टा प्रत्यक्ष निगरानी गर्ने डाक्टर-नर्स मध्य अधिकांशको तलब २०-४० हजारसम्म मात्र हुन्छ अपबाद बाहेक ।
‘डाक्टरहरु दुर्गममा कामै गर्दैनन्’ समाजको साझा न्यारेटिभ ! तर, चार बर्ष भैसक्दापनी लोकसेवा नखोली कुनै सुरक्षाको प्रबन्ध नमिलाइ आफ्नो ज्यानको जोखिम लिएर केही हजारको लागि कोहि किन दुर्गम जान्छ ? केही पहिले उपचारमा लापरबाही गरेको भन्दै कार्यरत डाक्टरलाई दोलखामा सबैको अधि कान समातेर माफी माग्न लगाइएको घटना जो कोहि स्वास्थकर्मीलाई दुर्गम जानुअघि जिस्काउँछ।
दुर्गममा हुने अन्य सरोकारवाला निकायले चाहिँ डाक्टरलाई काम गर्ने बाताबरण बनाउनुको साटो असुरक्षित महसुस गराइरहने अनि उल्टो किन सेवा गरेन भनेर एकोहोरो खेदिरहने!कस्तो बिरोधाभाष !किन बिरोधाभाष ।
‘एउटा फ्लिम खेल्नेलाइ देखि टिकटकमा नाच्नेलाइसम्म भेट्नेबित्तिकै फोटो खिच्ने तम्सिनेहरु जटिल शल्यक्रिया गरेर मृत्युबाट बचाएका डाक्टरलाई धन्यवाद भन्नसमेत अफ्ट्यारो मान्छ ।’
केहि पहिले स्वास्थकर्मीमाथी भएको हातपातको सन्दर्भमा लेखेको यो ट्विटको सान्दर्भिकता कहिले सकिएला ! यहाँ मैले कसैलाइ राम्रो अनि नराम्रो भन्न खोजेकै होइन नेपाली समाजको प्रवृत्तिबारे लेख्न खोजेको मात्र।अहिलेसम्म नहुनुपर्ने भैहाल्यो ! अब नहोस् भन्ने कामना।
जानुअघी आफुलाइ डाक्टर भनेर परिचय दिन आनाकानी गर्ने बरिस्ठ मुटुरोग विशेषज्ञ डाक्टर रामेश कोइरालाले कार्यकारी प्रधानमन्त्री केपी ओलीलाई गरेको आग्रह – ‘यसपालीचाहिँ स्वास्थकर्मीका लागि दियो बाल्न अनुरोध गर्नुभन्दा पनि अस्पतालको हाताभित्र हुने तोडफोड अनि हातपातलाई गैरजमानती हिरासत हुने फौजदारी मुद्दाको ऐन लाइदिनोस् न प्लिज । दियो हामीनै बालौला। आशिक पनि दियौंला”!
अहिल,नेपालमा कार्यरत सबै स्वास्कर्मीको समान धारणा अनि माग ठाक्कै यहि हो।