काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई समाल्ने र पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी रहेको उल्लेख गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नेता थापाले गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न रहेको र त्यस्तो प्रवृत्तिसँग आक्रोश रहेको जनाउँदै उनीहरुलाई बदल्नु पर्ने उल्लेख गरेका हुन्।
‘गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसंग प्रश्न छ,प्रवृत्ति संग आक्रोश छ,’थापाले भनेका छन्, ‘ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई समाल्ने र पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो।’