काठमाडौं- पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहा–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९८६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट गरिएको नमूना परीक्षणका क्रममा जनामा संक्रमण पुष्टि भएको हो।