आज धेरै पछि कलम समाइरहेछ्न यी हात हरुले,
साँच्चै कापिरहेछ्न यी हात हरु, डराइरहेछ यो मन !
प्रत्येक दिन,दसौं समयहरु, सयौं मिनेटको दरले,
हजारौं बिद्यार्थीसामु,लाखौं शब्दहरु अनि करोडौं अक्षरहरु निडर लेख्नसक्ने यि हात हरु, थाकेनन् कहिल्यै,न काप्थे कहिल्यै।
तर आज,
आफ्नै बारेमा दुई अक्षर लेख्दा,
आफुलाइ प्रान भन्दा प्यारो मान्ने आफ्नैलाई नदेख्दा,
बाध्य छु यादहरु कैद गर्न उहाँसगको,
निशब्द छु र पनि लेख्दै छु भावना आफ्नै बुबासगँको।
मुख्य कुरा,
मेरो र बुवाको म्युचुअल कम्बिनेसन बहुत गज्जबको थियो,
बिहानै फोन आउथ्यो ‘उठिस बाबू?”
एकैछिन्मा फोन आउथ्यो ‘चिया पियिस ?’
फेरि ‘खाना खाइस ?’ अनि एकैचोटी बेलुकी,
‘खाना खाएर सुतिस कि भोकै पढ्इराछ्स?’
दिनभरी फोन आउन्नथ्यो बुवाको खासै, किनकि,
साउद व्यस्त हुन्छ छोरो भनेर होकि ? हुन सक्छ !
सायद, उहाँ आफै व्यस्त भएर पो हो कि ? यो झन पक्का हुन सक्छ।
साच्चै, मेरो र बुवाको म्युचुयल कम्बिनेसन बहुत गज्जब को थियो,
बुवाको फोन आउन ढिला भये म आफै कल गर्थे,
उहाँले फोन नगरेको बेला मैले ढिलो फोन गरेमात्र पनि भन्नुहुन्थ्यो, ‘फोन नै गर्दैनस त बिर्सिस है ?’
ममिको फोनमा मैले फोन गर्दा,
बुबालाई छोरासगF बोल्नुरे भनेर ममिले भन्दा,
मन्नुहुन्नथ्योरे ‘मेरो फोन छैन र मलाइ नगन्दा’
भन्दै रिसाउनुहुन्थ्यो एक दुधे बालक बनेर, अनि
म फकाउने गर्थे उहाँलाई एक जिम्मेवारी बुबा बनेर,
साच्चैँ मेरो र बुवाको म्युचुयल कम्बिनेसन बहुत गज्जब्को थियो ।।
टुकटुक फोन मा पनि एक्ट्रा व्यट्री बोक्नुहुन्थ्यो बुवा,
एक चोटीमा फोन न उठेपछि मोबाइलमा म्यासेज आउथ्यो,
‘फोन किन न उठाको ?’
बुवाको म्यासेज आउथ्यो त खाली आउथ्यो,
‘फोन किन न उठाको?’
मेरो मोबाइलको इन्बक्समा निरुत्तर छ्न उहाँको सयौं म्यासेजहरु,,
दोस्रो चोटी फोन न उठेपछि, म्यासेज आउन्नथ्यो,
फोन आइपुगिहाल्थ्यो घरबेटी अन्ट्रीको मोबाइलमा,
फरक मान्छे, तर उहीँ प्रश्न,
‘बिकलले फोन किन न उठाको?’
साच्चै बुबाको र मेरो म्युचुयल कम्बिनेसन बहुत गज्जब को थियोे।।।
बिचरा ! मोबाइल खुब बिग्रिन्थ्याे बुबाको,
सायद, उहाँको भाग्ये नै बिग्रेकाले हो कि, अथवा
मोबाईल पसलेको भाग्य सप्रेर पनि त हुन सक्छ,
कति फोन आफै हरायो, कति आफुले हराउनुभो,
पुगेर मोबाइल पसल, किनेर नयाँ फोन आउथ्यो पहिलो कल मलाई नै,
‘तेरो नम्बेर अन्ठानब्बे येक हजार येगार उनान्सय होइन ?’
आफ्नो नम्बर सोद्धा अन्कनाउनुहुन्थ्यो,
मेरो भने कन्ठै थियो,
साच्चैँ मेरो र बुवाको म्युचुअल कम्बिनेसन बहुत गज्जबको थियो,
यसाे त म जन्मिदै कसैले सुनाइदिए छ बुवालाई, कि,
‘छोरो त बुबाको मुल परेछ, अरुलाई बेच्नुपर्छ, नत्र बुबा टोक्छ’,
बुवाले सिधै इन्कार गर्नुभएछ, ‘बरु मरे म मर्छु, बेचिन परे म बेचिन्छु,
यहि बाबुले यहि काधमा यहि छोरो बोक्छ बोक्छ’
फेरि अर्कोले सुनाइदिएछ, ‘धनको मुल पो रैछ’
कस्को कुरा सुन्नु ? कुन गलत कुन सहि छ ?
साच्चैँ त्यतिबेला बाटै गज्जबको म्युचुअल कम्बिनेसन रहेछ मेरो अनि मेरो बुवाको।
स्कुल जादा पनि दाईहरुलाई हिदाउनुहुन्थ्यो, मलाई बोक्नुहुन्थ्यो,
दाइलाई नजानेको होमवर्क सोध्नु भन्नुहुन्थ्यो,
मेरो भने त्यसलाई यो आउदैन भनेर आफै जान्नुहुन्थ्यो अनि सिकाउनुहुन्थ्यो,
दाइलाई लड्दा उठन सिकाउनुहुन्थ्यो, मलाइ उठाउनु हुन्थ्यो,
सायद म सानो भएर पनि हुन सक्छ,
साच्चैँ त्यतिबेलाबाट नै गज्जब को म्युचुयेल कम्बिनेसन थियो मेरो अनि बुवाको,
म ठुलो भएपछि पनी कहिल्यै ठुलो सम्झिनुभएन बुवाले मलाई,
म पनि उहाँको नजरमा सधै सानो हुन रुचाउथे,
म गोरखाबाट चितवन जादाँ आखाभरी आँसु लिएर,
आधा बाटाेसम्म आउनुहुन्थ्यो मलाइ पुर्याउन,
अनि,
म चितवनबाट गोरखा फर्कदा पनि आखाँभरी आशु लिएर,
आधा बाटाेसम्म आउनुहुन्थ्यो मलाई लिन,
मात्र यति फरक हुन्थ्यो, म चित्वनबाट गोरखा फर्कदा,
खुशी अनि मिलनकाे आँसु आउथ्यो हामी दुबैको, अनि
गोरखाबाट चितवन फर्कदा दुख, बिछोड अनि एक पन्को आँशु,
साच्चैँ गज्जब्को म्युचुयल कम्बिनेसन थियो मेरो अनि मेरो बुवाको।
मेरो गोजि र झोलाभरी भराउ हुन्थ्यो, तर बुवाको मन खाली र उजाड हुन्थ्यो,
म गोरखाबाट चितवन् आउदा, अनि
मेरो गोजि र झोला रित्तै हुन्थ्यो, तर
बुवाको मन प्रफुल्ल र भरिभराउ हुन्थ्यो,
म चितवनबाट गोरखा आउदा,
साच्चैँ गज्जब्को म्युचुयल कम्बिनेसन थियो मेरो अनि मेरो बुवाको।।
तर आज,
मेरो गोजि भरि भएको बेलापनी मन खाली अनि भारी छ,
मेरो गोजि खाली भएको बेला पनि मन खाली अनि भारी भैरा’छ,
साच्चैँ म खाली छु, अधुरो छु, काम नलाग्नेछु अनि अपुरो छु, आफ्नै नामजस्तै,
तपाईं बिना, बुबा बिना,
त्यस्ताे त बुवा फिट नै हुनुहुन्थ्यो,फिटम्यान, आर्मीम्यान,
तर समयको खेल, दसा वा के भनु,
एक्कासी जण्डिस देखिन्छ उहाँलाइ,
लगिन्छ अस्पताल, अनि बल्ल पो थाहा हुन्छ असली रोग, बाइल डकको क्यान्सर,
अनि अपरेसन गर्नुपर्ने पक्का पक्की हुन्छ,
फोनमा बार्बार भन्नुहुन्छ केहि हुदैन मलाइ टेण्सन नलिग,
यसो त, खाना, खाजा, सबै बराबर खानुहुन्थ्यो, हिड्नुहुन्थ्यो अनि कुरा गर्नुहुन्थ्यो,
सिकाउनुहुन्थ्यो हाम्लाइ,कसरी बच्नुपर्छ कोरोनाबात भनेर,
तेसैले हामी ढुक्क थियाैं,
केही हुदैन, साच्चैँ केहि पनि हुदैन,
तर त्यो दिन आफैले बिर्सनुभएछ,
आफू पनि बाच्नुपर्छ भनेर,
कहाँ बिर्सन सक्छु यार त्यो दिन, साउन २५
एकाबिहानै फोन आउँछ बुवाको,
बोल्नुहुन्छ बुवा तर फरक सवाल गर्नुहुन्छ,
सवाल पनि के भनु ? आफुमात्र एकाेहाेराे बोल्नुहुन्छ,
त्यो दिन न उठिस भनेर सोद्नुभो, न चिया पियिस,
उथ्सुक स्वरमा भन्नुहुन्छ, ‘अब अपेरेसन छ हिंठेर जाँदै छु अप्रेसन थिएटरमा,
केहि तनाब नलिग नि फेरि, सब ठिक हुन्छ अब मलाइ,पछि होस आयपछि फोन गर्छु,”
यस्तो सुनिन्छ, मानौँ एक सैनिक जवान युद्ध मैदानमा जाँदै छ, आत्मरक्षाको युद्धमा, आफैसँगको युद्व, आफ्नो रोगसँगको युद्व,
म निशब्द भए, मात्र प्रतियुत्तरमा भनिरहे,
हवस्, हुन्छ, ओके अनि यस्तै-यस्तै।
अपेरेसन चल्यो, लामो, होइन, लामाे,
८/९ घन्टाको, ५/६ बजे सकेछ अपेरेसन अनि सारेछ पोस्ट अपमा,
एकैछिनमा आउँछ होस अनि बोल्नुभएछ दाइसँग, स्वासले,
सब खुसी भए, म त झन धेरै खुसी भए,
लाग्यो बुवाले साच्चिकै युद्व जित्नुभो,
आफ्नो रोगसँगको युद्व,
आखिर सैनिक न पर्नुभो, एक बहदुर सैनिक,
गाउँमा भन्थे, जमदार दमदार छ,
साच्चैँ लाग्यो उहाँ दमदार नै हुनुहुन्छ ।
एक्कासी, डाक्टरहरु खासखुस गरेको सुनिन्छ,
भन्दै पो छन् केस त क्रिंटिकल पो बन्दै गयो,
भेल्टिनेटरमा सारियो एक्कासी, मेरो होस नै उड्याे ,
धेरै संघर्ष गर्नुभयो बाच्नँका लागि,
तर सक्नुभएन आफुँलाइ बचाउन,
अझ भनु, सकिएन उहाँलाइ बचाउन,
मेरो प्रेरणाको दियो एक्कसी निब्याे,
आशाको खम्बा ढल्यो,
परिवारको मेन मेरुदण्ड भाचियो,
बुवाको प्रान्पखेरु उड्याे
सब खत्तम भो, साच्चै सब खत्तम भो,
हिंड्यर अपेरेसन थियटरमा गएको मान्छे सुतेर फर्किनुभो,
कहिल्यैं न उठने गरेर, सधैका लागि सुतेर,
फोनमा अन्तिम पटक केहि हुदैन मलाइ भन्नुभएको,
सबथाेक भयो, केहि बोल्नुभएन त्यसपछि, न मसँग न अरुसँग,
एक नाबालकलाई जस्तै बोलाउनु खोजे मैले पहिले जसरी,
तर सकिन, कसैले सकेन, मैले त सकिन अरु,
त्यहि कालो दिन थ्यो साउन २६ को बिहान,
मेरो परिवारकाे खुसी लुट्इएको दिन,
बुवासँग सधैको लागि छुट्टीएको दिन।।
आज त ४५ दिन भैसकेछ, बुवाको फोन न आको पनि,
बिहान कुर्छु, बेलुका कुर्छु, आउदैन फोन बुवाको,
त्यसै देखिइरहेको हुन्छ बुवाको फोन,
फुलमाला लगाइएको हासिरहेको बुवाको फोटो मुनिको टेबल माथी,
जानी जानी कल गर्छु फोन उठदैन,
म्यासेज गर्छु,रिप्लाइ आउदैन,
फोन किन न उठाको भनेर बारम्बार म्यासेज गर्छु,
बुवाले मलाइ पहिले म्यासेज गरेजस्तै,
उहाँको पनि केहि रिप्लाइ आउन्न,
बुवाले मलाइ म्यासेज गरेजस्तै
उहाले त मैले फोन न उठाउदा घरबेटि अन्ट्रिलाई फोन गर्नुहुन्थ्यो,
अब म गरु कस्लाई अनि सोधु कस्लाई कि बुवाले फोन किन न उठाको भनेर ?
किनकी ती दिन ताजै छ जुन दिन अहिले यी कलम समाइरहेका हात हरुले, बुवाको शरिरमा दागबत्ति दिएकाे,
यो भन्दा कयौं गुणा कामेका थिये यी हातहरु,
रोएका थिए मेरा आँखा अनि दुखेका थिए मेरा मन,
सम्झेर उहाँलाई ,
बस् सम्झेर मेरो बुवालाई,
अझै पनि लाग्छ,
मेरो र बुवा को म्युचुयल कम्बिनेसन बहुत गज्जबको छ,
म उहाँलाई सम्झिरहन्छु छिन्छिन
सायद,
उहाँपनी मलाइ सम्झिरहनुहुन्छ हर रातदिन
साच्चै मेरो र बुबाकाे म्युचुयल कम्बिनेसन बहुत गज्जब को छ ।
आजभोली मलाई हरियो केही चिज नै मन पर्दैन
स्वगिय पिता टेकनिधि पाेखरेलकाे सम्झनामा अप्रकाशित ‘सम्झनाका डायरी’बाट