काठमाडाैं- अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा रहेको ‘भच्चेक स्वास्थचौकी’ले यो महामारीको समयमा उचित ब्यवस्थापनको अभावमा स्वास्थ सेवा प्रदान गर्न असफल भएको त्यस क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।
जनचेतना जगाउँदै सेवा दिनुपर्नेमा कोभिडको त्रास देखाउँदै स्वास्थ चौकीको गेट अधिकांश समय बन्द रहने गुनासो बढेको हो । स्वास्थ चौकीमा सित्तैमा औषधि उपचार पाइने आशमा घन्टौं हिँडेर आएकाहरु स्वास्थ चौकीमा सेवा नपाएपछी निजि फार्मेसीबाट औषधि किन्नुपरेको पीडितहरु बताउँछन् ।
स्वास्थ चौकीमा कार्यरत कर्मचारीले निजि फार्मेसीमा काम गर्न नपाउने भएपनी भच्चेक स्वास्थचौकीमा प्रमुख एच.ए ठाकुर भट्टले स्वास्थ चौकीकै गेट अगाडी आफ्नो फार्मेसी चलाएको अनि निशुल्क पाइने औषधिपनि त्यही फार्मेसीबाट किन्नुपरेको गुनासो आएको छ ।
अझ, अधिकांश समय भट्ट बाहिर हुँदा फार्मेसी लाइसेन्स नभएको उनको श्रीमतिले बिना जाँच औषधि दिनेगरेको पाइएको छ । केही महिना पहिले म्याद सकिएको औषधि बेचेको भनी समाचार प्रकाशित भएपछि गाउँपालिकाले सचेत गराउँदा आफ्नो लाइसेन्स नभएको स्वीकार गरेका स्वास्थ चौकी प्रमुख भट्टले अहले झनै श्रीमतीकै भरमा फार्मेसी चलाइरहेको खुल्न आएको छ ।
भच्चेकमा स्वास्थ शाखा प्रमुख रहेका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडी पनि आफ्नै फार्मेसी चलाउदै आएका छन् । आफैं स्वास्थ प्रमुख रहेका भट्ट कार्यलय समयमा पनि स्वास्थ चौकीमा नबसेरसंगै जोडिएको आफ्नै मेडिकलबाट औषधि बिक्रि/वितरण गरिरहेका छन् । भच्चेकमा चारवटा फार्मेसी छ । तर, कुनैकाे पनि लाइसेन्स छैन । एक निजि क्षेत्रबाट सञ्चमलित अस्पताल पनि सञ्चालनमा छ ।
स्वास्थचौकीबाट ३५ प्रकारको औषधीहरु निशुल्क पाइने भएपनि कर्मचारीको लापरवाही र गैर–जिम्मेवारिले जनता स्वास्थ सेवा पाउने आफ्नो नैसर्गिक अधिकारबाट समेत बन्चित छन् । प्रतिनिधिसभा सांसद डा. बाबुराम भट्टराईले पुष ०६, ०७६ मा सुशीला अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार भच्चेकमा भएको कार्यक्रममा बोल्दै स्वाथ्य चौकीमा एमबिबिएस डाक्टरको दरबन्दी आबश्यक रहेको भन्दै उनले भनेका थिए ‘कम्तिमा अहिले तत्काल एमडि स्तरको दरबन्दि हुनुपर्छ । यसको निम्ति म प्रत्यन्न गर्छु । हामी जसरी भएपनि कम्तिमा एउटा डाक्टरको दरबन्दि भच्चेक स्वास्थ्य चौकिमा उपलब्ध गराउने छौँ ।’
त्यसपछि गाउँपालिकाले करिब १३ लाख बजेट छुटयाएर एमडी डाक्टरको व्यबस्था ग¥यो । गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य चौकी एक मात्र हो । साविकको क्षेत्रिय अस्पातल रहेको सिरानचाेक गाउँपालिका-८, जौवारीमा कम मात्रमा अजिरकोटका स्थानिय उपचारका लागि जाने भएपनि सबैको पहुँचमा नभएको स्थानियले गुनासो गरेका छन्।
भट्टराईले स्वास्थ्य चौकीलाई १५ शैय्याकाे अस्पताल बनाउनु पर्ने भन्दै भनेका थिए– ‘गाउँपालिकाको केन्द्र भएकाले पनि उपचारका लागी बाहिर जानुपर्ने जुन अवस्था छ । त्यो निकै नै दयनिय छ । त्यसैले यो स्वास्थ्य चौकिलाई कम्तिमा पनि १५ शैय्याको अस्पातालका रूपमा बनाउनु पर्छ । त्यसका लागी आबश्यक पहल गर्नेछु ।’ तर, सरकारले सोमबार, मङ्सिर १५, २०७७ मा ५ शैय्याको अस्पतालका रूपमा यस स्वास्थ्य चौकि समेत समेटेपछि गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले एक कार्यक्रमकावीच शिलान्यास गरेका थिए । अस्पताल निर्माणका लागि सरकारले गाउँपालिकालाई बजेट पठाईसकेकाे छ । यी सबै अस्पताल २ वर्षभित्र अस्पताल बनाइसक्ने सरकारको लक्ष्य छ । तर, अजिरकाेटमा निर्माण हुन लागेकाे पाँच शैय्याकाे अस्पताल निर्माणका लागि प्रकृयामा नै नगएको स्रोत दावी गर्छ ।
बैशाख १२ गते खरिबोटका विरामी एक्स–रे गर्न स्वास्थ्य चौकी गए । तर, चौकीका कर्मचारी भट्ट स्वास्थ्य चौकीमा एक्स–रे नहुने भन्दै फन्छिए । चौकिलाई सुशिला अधिकारी प्रतिष्ठानले आधुनिक प्रविधि सहितको डिजिटल एक्स–रे मेसिन उपलब्ध गराएको थियो । तर, यो अहिले अचेत अवस्थामा छ।
स्थापपना भएको दशकौं भैसक्दापनी भच्चेक स्वास्थ चौकीको अवस्था दयनिय छ । साधरण जाँचहरु पनि नहुदाँ यहाँका जनता सदरमुकाम वा जिल्ला जानुपर्ने बाद्यता रहेको छ । एक्स–रे, अल्टा साउड लगायतका सुबिधा आफ्नै गाउँठाउँमा उपलब्ध भएपछी उपचारको लागि अन्त जानुपर्ने अवस्थामा कमि आउने बिश्वास प्रतिष्ठानका अध्यक्ष कुस्माखर अधिकारीको लिएका थिए । तर, कर्मचारीकाे बदमासी र गैरजिम्मेवारका कारण सम्रग अजिरकाेटका जनताले दु:ख कहिलेसम्म पाउने जन-जनकाे मनमा यहि प्रश्न तेर्साईरहन्छन् ।
वडाअध्यक्ष गुरूङ भन्छन्- कर्मचारीको उदासिनताका कारण समस्या आयाे
अजिरकोट गाउँपालिका-३, हंसपुरका वडाअध्यक्ष तायाराज गुरूङ कर्मचारीका उदासिनताका कारण समस्या आएको दावी गर्छन् । ‘अहिले त्यस्तो समस्या केहि छैन । स्वास्थ्य चाैकीकाे गेट नै बन्द भएकाे हाेइन् । अहिले एमडी डाक्टरसहित दुईजना स्टाप नर्सले निरन्तर सेवा दिईरहेका छन् । गेट नै बन्द भएकाे चाँहि हाेईन् ।’
स्वास्थ्य चाैकीमा समस्या सिर्जना भएकाे भन्दै उनी भन्छन्- ‘मैले हरेक बैठकमा साथीहरूलाई प्रश्न गर्छु । किन हाम्राे स्वास्थ्य चाैकीमा मानिसहरू उपचार गर्न आउनुहुन्न । के कारणा यस्ताे हुनगयाे । सबै निजि अस्पतालमा जानुहुन्छ । यसमा तपाईहरूकाे उदासिनता देखियाे । याे तत्काल सच्चाउनुहाेला ।’
सम्बन्धित समाचार,
भच्चेककाे ‘पर्यन्ट मेडिकल’मा म्याद गुज्रिएको औषधि
अब ‘भच्चेक स्वास्थ्य चाैकि’मा डिजिटल एक्स-रे मेसिन सहितकाे सेवा
फजुल खर्च हाेइन, जनताकाे सेवा गर्नेास : डा. बाबुराम भट्टराई [भिडियाे]