गोरखा- कोरोनाको कारण गोरखामा तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाका तीन स्थानीय हतका तीन जनाको कोरोनाबाट मृत्यु भएको हो ।
सिरानचोक गाउँपालिका वडा नम्बर ३ का ९२ बर्षिय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा गत २५ गते निधन भएको हो । उनमा गत २२ गते कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, अजिरकोट गाउँपालिका वडा नम्बर ५ का ६२ बर्षिय पुरुषको गत २४ गते निधन भएको हो । उनमा गत २२ गते कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसैगरी पालुङटार नगरपालिका वडा नम्बर ३ की ८० बर्षिय महिलाको गत २६ गते भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनमा गत २३ गते कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।