पाेखरा- गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै पालिकामा ‘एक पालिका एक खेलकुद मैदान’को कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेश सभामा सरकारको आगामी वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक पालिका एक खेलकुद मैदान’को कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् ।
गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बनेको नयाँ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।