गाेरखा- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि गाेरखाका स्थानीय तहलाई समानिकरण अनुदान, सर्तश अनुदान, समपुरक र विषेश गरि बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकार अन्र्गतकाे अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ वटाै स्थानिय तहलाई उपलब्ध गराएको अनुदान बजेट सार्वजनिक गरेको हाे।
यसरी दिएको रकममध्ये सबैभन्दा बढी रकम गाेरखा नगरपालिकालाई विनियाेजन गरिएकाे छ भने सबैभन्दा कम उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकालाइ विनियाेज गरेकाे छ ।
गाेरखालाई ३* कराेड ३६ लाख ५५ हजार विनियाेजन गरेकाे छ भने संघ सरकारले ५५ कराेड ४६ लाख विनियाेजन गरेकाे छ । त्यस्तै, पालुङटार नगरपालिकालाई २* कराेड २८ लाख २६ हजार भने संघ सरकारले ४९ कराेड ७१ लाख विनियाेजन गरेकाे छ ।
अजिरकाेटलाइ संघ सरकारले २७ कराेड ७५ लाख पठाएकाेमा प्रदेश सरकाले २* कराेड ४७ लाख ६९ हजार, आरूघाटमा संघ सरकारले २८ कराेड ०२ लाख पठाएकाेमा प्रदेश सरकारले २ कराेड ५६ लाख ४ हजार पठाएकाे छ ।
त्यस्तै, गण्डकी गाउपालिकामा ३४ कराेड ४८ लाख पठाएकाेमा प्रदेश सरकारले २* कराेड ६६ लाख ५१ हजार, चुमनुव्री गाउँपालिकामा प्रदेश सरकाले २ कराेड ४९ लाख १८ हजार पठाएकाेमा संघ सरकारले १९ कराेड ४० लाख विनियाेजन गरेकाे छ ।
संघ सरकारले धार्चे गाउपालिकामा २४ कराेड २५ लाख पठाएकाेमा प्रदेश सरकारले भने २* कराेड ४८ लाख ९९ हजार, प्रदेश सरकारले भिमसेन थापा गाउपालिकामा २ कराेड ५९ लाख ३४ हजार पठाएकाेमा संघ सरकारले ३५ कराेड ८२ लाख विनियाेजन गरेकाे छ ।
सहिद लखन गाउपालिकामा संघ सरकारले ३७ कराेड ३२ लाख पठाएकाेमा प्रदेश सरकारले ३* कराेड १७ लाख ३८ हजार, सिरानचाेक गाउपालिकामा ४० कराेड ८७ लाख पठाएकाेमा प्रदेश सरकारले २ कराेड ५९ लाख ६९ हजार र बारपाक-सुलिकाेट गाउपालिकामा संघ सरकारले ३९ कराेड ७६ लाख विनियाेजन गरेकाेमा प्रदेश सरकारले ३* कराेड १३ लाख २८ हजार हाराहारी बजेट पठाएकाे छ ।
प्रदेश सरकारले सहिद लखनकाे प्रशासकिय भवन नपर्माणका लागि ५० लाख, बारपाक-सुलिकाेटकाे प्रशासकिय भवन निर्माणका लागि समेत ५० लाख पठाएकाे छ ।