काठमाडौं- सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन।
सर्वोच्च अदालतले अध्यक्ष ओलीले विस्तार गरेको १०औं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेपछि संस्थापन पक्षदबाबमा परेको छ । तर, अध्यक्ष ओलीभ ने जेठ दुईमा फर्कनु भन्दा पार्टीभित्रका नेताहरूलाई उचित जिम्मेवारी दिने गरी जेठ तीनअघिको अवस्थामा फर्कने अडानमा रहेका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।
नेकपा एमालेका नेता ठाकुर गैरेले पार्टी अध्यक्षओलीले चाहे जारी विवादको समाधान एक दिन एउटै बुँदामा समाधान हुने बताए। ‘अहिलेको विवाद अध्यक्षबाट सृजना भएको हो । तलकहीँ कतै समस्या छैन । अध्यक्ष जिम्मेवार बने एकै दिनमा सहमति हुन्छ,’ उनले भने।
पार्टीलाई विधि र पद्दति अनुसार चलाउनुपर्ने मात्र आफूहरूको माग रहेको जिकिर गर्दै गैरेले पार्टी एकता अध्यक्षकै हातमा रहेकोमा जोड दिए।
एमाले वागमतीप्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले पार्टीभित्रको जारी विवादलाई तत्काल समाधान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै भने, ‘सहमतिका लागि अध्यक्ष ओलीले ६ बुँदे प्रस्ताव अगाडि सार्नु नै भएको छ, त्यसैको सेरोफेरोमा सहमति गरेर अगाडि जानुको अर्को विकल्प छैन।’