काठमाडौँ- नेकपा एमालेकाे सरकार हटेसंगै गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन सकस परिरहेकाे बेला एका एका काठमाडाैं आएका विना विभागिय मन्त्री दीपक मनाङेले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखिएकाे बताएका छन् ।
नेपाल प्रेससंगकाे एक अन्तवार्तामा मनाङेले भनेका छन्- ‘हाम्रो अहिले ७ वटा जिल्ला बाढी पहिरोबाट प्रभावित छ । त्यस क्षेत्रको चिन्ता हो । म आफै भौतिक पूर्वाधार मन्त्री भए हुन्थ्यो भन्ने हो । त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै जरुरी र महत्वपूर्ण छ ।’ काठमाडाैंमा उनले अन्तर्वाता दिइरहदा प्रदेशमा भने मुख्यमन्त्री सत्तासमिकरण मिलाउन काठमाडाैं आउने तरखरमा थिए । तर, उनी काठमाडाैं आउन सकेन् ।
प्रदेशमा जनता समाजवादी (जसपा)का नेताहरूमा आन्तरिक लडाँड जारी रहेकाे समयमा चत्तुर खेलाडीका रूपमा हेरिएका मनाङे कांग्रेसबाट जसपाले धोखा दिन नहुने तर्क गरेका छन् । मनाङे भने शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टराईलाई भेटेर राजनीतिक छलफल गर्न थालेका छन् ।
दीपक मनाङेले जोगाइदिएको गण्डकीको प्रदेशसभा र उनकै भरमा टिकेको विपक्षी गठबन्धनको सरकारको भविष्य अझै पनि ढुक्क हुने अवस्थामा छैन । प्रदेश सरकारमा स्वतन्त्र रूपमा चुनाव जितेका मनाङेले प्रदेशमा राष्ट्रिय जनमाेर्चासंग मिलेर जाने बताएकका छन् ।
उनले अन्तर्वातामा भनेका छन्- ‘होइन म आउने चुनाव पनि स्वतन्त्र नै लड्छु । यो प्रदेशमा चाहिँ जसपा, जनमोर्चा र म मिलेर जान्छौं । किनभने यस्तो बेलामा पनि हामी मिलेको छौ । यी दुवै पार्टी पनि मलाई मन परेको छ । जनमोर्चाको लेडिज र जसपाको पनि लेडिज भएकाले मलाई राम्रो लागेको हो । एकदम राम्रा छन् क्या तिनीहरू । राजनीतिमा यस्तो हुनुपर्छ ।’
कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ताको लिने चेतवानी दिएकाे छ । कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेल र जसपाका हरिशरण आचार्यवीच भएकाे ४ बुदे सहमति पत्र कांग्रेसले पालना नगरेकाे भन्दै जसपाले समर्थन फिर्ता लिने चेतवानी दिएकाे हाे । २ सभासद भएको जसपासँग कांग्रेसले अर्थसहित २ मन्त्री दिने सहती गरेको थियो।
गण्डकीमा ११ वटा मन्त्रालयमध्ये कांग्रेस र माओवादी केन्द्रले ४/४ जसपा २ र एउटा मन्त्रालय मनाङेलाई दिने सहमति छ। २ सिट भएको र गठबन्धनलाई सघाएको जनमोर्चाले भने सरकारमा नजाने घोषणा गरिसकेको छ। कांग्रेस सांसद कुमार खड्का, माओवादी सांसद मधुमाया अधिकारी गुरूङ, जसपा सांसद आचार्य र स्वतन्त्र सांसद गुरूङले मन्त्री बनिसकेका छन् ।