गोरखा- आर्थिक वर्ष २०७८/०७९ का लागि शहीद लखन गाउँपालिकाले ६१ करोड ५९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
नवौँ गाउँसभा तथा बजेट अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले बजेट र नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरका अनुसार बुधबार पारीत वजेट अन्तर्गत चालुतर्फ ३१ करोड ५० लाख ३९ हजार र पुँजीगततर्फ ३० करोड ९ लाख ३६ हजार रुपैयाँ बिनियोजन भएको छ ।
पूर्वाधार विकास अन्तर्गत गाउँपालिकाले पालिकाभित्रका मुख्य सडक र सबै वडाका एक/एक वटा मूख्य सडकलाई गौरबको योजनाका रुपमा बजेट बिनियोजन गरिएको छ ।
शहीदलखन किल्ला चुलेभीर भ्यूपार्क, मनकामना केबलकारको माथिल्लो चेरेसदेखि मन्दिरसम्म ढुङ्गा बिछ्याउने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।