गोरखा – सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५७ लाख २३ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाद्वारा सार्वजनिक बजेटमा कोरोना रोकथाम र नियन्त्रणलाई प्राथामिकता दिइएको छ ।
गाउँपालिकाको अनुसार चालु खर्च ८ करोड ८७ लाख ५ हजार र सार्वजनिक विकास निर्माण लगायत विभिन्न शिर्षकमा ४८ करोड १० लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्णपाठ
Click to access 152013_siranchock_final.pdf