गोरखा- गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि एक अर्व पाँच करोडको बजेट बिनियोजन गरेको छ । बिहिवार भएको आठौँ नगरसभा मार्फत उपमेयर बिनाकुमारी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाको आगामी वर्षको नीति कार्यक्रम नगरप्रमुख राजनराज पन्तले प्रस्तुत गरेका थिए । नगरसभाले बित्तिय समानिकरण अनुदान तर्फ २३ करोड ४९ लाख र सर्शत अनुदानबाट ३३ करोड ४६ लाख अनुमान गरेको छ । राजश्व बाँडफाँड, विद्युत रोयल्टी, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी लागत सहभागीता सहित अनुमानीत बजेट प्रस्तुत गरिएको हो ।
गत वर्ष नगरपालिकालाई राजश्व, बिभिन्न अनुदान, आन्तरिक स्रोत गरी एक अर्व सात करोड ४८ लाख प्राप्त भएको उपप्रमुख श्रेष्ठले बताईन । उक्त रकम मध्ये पुँजीगत तर्फ करिब ५३ र चालु तर्फ ६० प्रतिशत खर्च भएको छ । असार मसान्त सम्म पुजिँगत खर्च करिब ८० प्रतिशत पुग्ने अनुमान नगरपालिकाको छ ।
आगामी वर्षका लागि नगरपालिकाले कोभिड १९ को माहामारीबाट प्रभावित नगरबासीको जिबन रक्षा गर्न र जनजिवनलाई सामान्यीकरण गर्न बजेटमा प्राथमिकता दिएको नगर सभाका अध्यक्ष राजनराज पन्तले बताए । नीति कार्यक्रम र बजेटमा स्वास्थ्य पूर्वाधारको बिकास र बिस्तार, कृषि क्षेत्रको आधुनिकिकरण, गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा जोड, गुणस्तरीय शिक्षाको बिकास लगायतलाई जोड दिएकाे छ ।
पूर्णपाठ
Click to access 152021_Gorkha_nagarpalika.pdf