गाेरखा- बारपाक सुलिकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५२ करोड ७३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले बिहिवार नवौँ गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन् ।
सभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष बिष्णु भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी वर्षका लागि आन्तरिक आम्दानी ८५ लाख, संघ प्रदेश सरकारको अनुदान, गत वर्षको अल्या १५ करोड लगायत गरी पालिकाले बजेट तयार गरेको छ ।
गाउँपालिका अध्यक्ष भट्टले कोभिडले शिथिल विकास निर्माणलाई चलायमान बनाउने, कोरोनाका कारण रोजगारी गुमाएका मजदुर र अति बिपन्न परिवारलाई सहयोग गर्ने नीति गाउँपालिकाले लिएको छ ।
महिला स्वास्थ्य स्वयं सेविकालाईप्रति महिना दुईसय संचार खर्च उपलब्ध गराउने, ‘बालवालिकाहरुलाई विद्यालय ल्याऔँ, पढाइमा टिकाऔँ’ अभियान सञ्चालन गर्ने अध्यक्ष भट्टले बताए ।
गाउँपालिका अध्यक्ष गरिबी निवारण कार्यक्रम, शहिद दिलबहादुर रम्तेल छात्रवृत्ति कोष स्थापना, पशु संकलन केन्द्रको स्थापना, हाम्रो सडक राम्रो सडक अभियान सञ्चालन जस्ता नीति पालिकाले लिएको छ ।
पूर्णपाठ