गाेरखा- जिल्लाका ८ स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि करिब ६ अर्थ हाराहारीकाे बजेट सार्वजानिक गरेका छन् । २ नगरपालिका र ९ गाउँपालिका रहेकाे गाेरखामा गण्डकी, आरुघाट र चुमनुब्री गाउँपालिकाकाे बजेट अन्योलमा परेको छ।
धार्चे गाउँपालिकाकाे सभा भने अहिले चलिरहेकाे छ । स्थानीय तहको यहीअसार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाले एकै दिन सभामार्फत बजेट पारित गरेका छन्।
गण्डकी गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजानिक गरि सकेकाे छ । तर केन्द्र विवादका कारण बजेट ल्याउन सकेकाे छैन । गण्डकीमा केन्द्र विवादका कारण बजेट पारित हुन नसकेकाे हाे ।
जिल्लाको गाेरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकाेट, सिरानचाेक, बारपाक-सुलिकाेट, भिमसेन थापा र शहिद लखनले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन् भने धार्चे गाउँपालिकाकाे गाउँसभा चल्दै छ ।
बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन्। सबै स्थानीय तहका नीति तथा कार्यक्रमले कोभिड १९ रोकथाम तथा नियन्त्रण सहित स्वास्थ्य, शिक्षा, कृषि, जिबिकोपार्जन, पर्यटन र पूर्वाधार बिकासलाई जोड दिएको छ ।
गोरखा नगरपालिकाले १ अर्ब ५ करोडको बजेट ल्याएको छ । पालुङटार नगरपालिकाले करिब ८४ करोड ५१ लख ३१ हजार, सिरानचोक गाउँपालिकाले ५६ करोड ९७ लाख २३ हजार रुपैया बराबरको बजेट गाउँसभामा पेश गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाले ५२ करोड ७३ लाख ३७ हजार, भीमसेन थापा गाउँपालिकाले ६२ करोड ५२ लाख ४६ हजार, धार्चे गाउँपालिकाले करिब ३८ करोडकाे बजेट ल्याएका हुन् । अजिरकाेट गाउँपालिकाले ४८ कराेड २३ लाख र शहिदलखन गाउँपालिकाले स्वास्थ्य र पुर्वधारलाई प्राथमिकता राख्दै शहीद लखनको बजेट ६१ करोड ५९ लाखकाे बजेट ल्याएकाे छ ।
अधिकाशं स्थानीय तहको सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट समेत पारित भइसकेको छ । केहीमा भने छलफल बाँकी रहेकाले वर्खे अधिबसेन जारी रहेको बताइएको छ । नेपालको संबिधान अनुसार स्थानीय तहले असार १० गते भित्र नीति तथा कार्यक्रम र असार मसान्त भित्र बजेट पास गरिसक्नु पर्ने प्रावधान छ ।