गाेरखा- विहिवार नीति तथा कार्यकम ल्याएकाे धार्चे गाउँपालिकाकाे गाउँसभा अहिले चलिरहेकाे छ । करिब ३८ करोड रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत भइरहेकाे गाउँपालिकाका सुचना अधिकारी सराेज वाग्ले बताए ।
गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट प्रस्ताब गरेकी हुन् । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको गाउँसभामा विहिवार अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
दुर्गम क्षेत्रमा पूर्वाधार बिकास, सडक खानेपानी, कोरोना नियन्त्रण रोकथाम र उपचार, रोजगारीको सिर्जना, स्वास्थ्य र शिक्षाको स्तरवृद्धिका योजना प्राथमिकतामा परेको नीति, योजना र बजेट बिनियोजन गरिएको अध्यक्ष गुरुङले बताए । गाउँसभा अहिले सञ्चालन भइरहेकाे छ ।