गाेरखा- अजिरकोट गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । गाउँसभाकाे नवाैं सभामा गाउँपालिका अध्यक्ष उपाध्यक्ष चन्द्रमाया गुरूङले स्वास्थ्य र कृषिलाई प्राथमिकता करिब ४८ कराेड २३ लाख ६० हजारकाे बजेट साैवजनिक गरेकी हुन् ।
कोभिड १९ को संक्रमणले विश्वभर पारेको प्रभावबाट प्रभावितलाई लक्षित गरि बजेट ल्याएकाे छ ।
अजिरकोट कृषि प्रर्वद्धन वर्ष, एक वडा एक कृषि बस्तु, एक घर एक करेसाबारी, रैथाने बाली जोगाउन बिउ बैंक, बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन, अध्यक्ष साना किसान लगायतका याेजना प्राथमिकतामा परेका छन् ।
पूर्वाधार बिकास, सडक खानेपानी, कोरोना नियन्त्रण रोकथाम र उपचार, रोजगारीको सिर्जना, स्वास्थ्य र शिक्षाको स्तरवृद्धिका योजना प्राथमिकतामा परेको प्रशासकिय अधिकृत सुरेश दवाडीले बताए ।