गोरखा- गोरखामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन समिति (डिसीएमसी)को शुक्रबार बसेको बैठक थप एक साता निषेधाज्ञा थप गरिएको हो ।
यस अघिको निर्णयलाई केही खुकुलो बनाउदै असार १९ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
यस अघि असार ११ गते बसेको वैठकले असार १२ गते सम्म निषेधाज्ञा जारी गरेको थियो । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल पसल विहान ५ बजे देखि ११ बजे सम्म खोल्न पाउने वैठकले निर्णय गरेको छ ।
त्यस्तै, व्यक्ति वा संघसस्था लगायतका दाताहरुबाट प्राप्त स्वास्थ्य तथा राहतका सामाग्रीको विवरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने छ ।
पुस्तक पसल, स्टेशनरी, कपडा तथा तथा फेन्सी पसलहरु दिउसा १० बजे देखि दिउसो २ बजे सम्म खोल्न पाइने छ । वैठकले बैङ्क तथा विक्तिय संस्थाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्ने पाउने निर्णय गरेको छ ।