काठमाडौं- बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
गत चैत ७ गते एमालेले केन्द्रीय कमिटी र सबै निकाय भंग गर्दै १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएको थियो। उक्त कमिटीलाई सर्वाेच्च अदालतले गत जेठ २७ मा विधानमा नभएको व्यवस्था भन्दै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो।
प्रवक्ता ज्ञवालीले जेठ २७ गते सर्वोच्चले गरेको फैसलाले पार्टीका केही अधिकारमाथि प्रश्न उठाएको बताउँदै उक्त फैसला त्रुटिपूर्ण रहेको निष्कर्ष बैठकले निकाले बताए।
‘त्यो प्रचलित राजनीतिक दलसम्बन्धी ऐनको दफा २ सँग बाझिएको छ’, उनले भने, ‘आफ्नो पार्टीको विधानले बनाएको व्यवस्थाअनुसार हरेक पार्टी चल्छन्, चल्न पाउनुपर्छ। उनीहरुको अधिकारलाई यसले कटौती र उपेक्षा गरेको निष्कर्ष छ।’
अदालतको उक्त फैसलाविरुद्ध एमाले कानुनी प्रतिवादका लागि भ्याकेटमा गइसकेको उनको भनाइ छ।