गोरखा- लगातार परेको पानीका कारण आएको बाढिपहिरोले गर्दा बिद्युत र इन्टरनेटमा समस्या आएपछि धार्चे गाउँपालिकाले छिमेकी जिल्ला धादिङबाट कार्यालय सेवा सञ्चालन गर्न थालेको छ ।
गाउँपालिकामा बिद्युत र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि छिमेकी जिल्ला धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–२ स्थित एक होटल भाडामा लिएर कार्यालयबाट सेवा प्रवाह सुरु गरेको गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।
‘आर्थिक वर्ष सकिनै लाग्यो । प्रशासनीक काम धेरै गर्न बाँकी छ । केही गर्न पाएका छैन । त्यसैले तत्कालका लागि बाध्य भएर गाउँपालिका कार्यालय अस्याथी रुपमा यहाँ सार्नुप¥यो,’ उनले भने, ‘यहाँबाट लेखा शाखा, प्राविधिक शाखा र योजना शाखाको काम सुरु गरेका छौ । जेठको अन्तिम सातादेखि अबरुद्ध भएको बिद्युत सूचारु हुने अबस्था नभएपछि अस्थाई रुपमा कार्यलय स्थापना गरी आइतबारबाट सेवा संचालनमा ल्याएको उनले बताए ।
जिल्ला सदरमुकाममा सेवा प्रवाह गर्दा धेरै टाढा हुने र जनतालाई आउजाउ गर्न पनि सास्ती हुने भएकाले आरुघाटबाट नै सेवा सूचारु गरिएको उनको भनाइ छ । माछाखोलाबाट हुदै आएको काम आरुघाटमा स्थानान्तरण गरेपछि सेवाग्राही, कर्मचारी, जनप्रतिनिधीलाई काम गर्न भने केही समस्या भएको उनले बताए ।
गाउँपालिकाको करिब ७० प्रतिशत भुक्तानी बाँकी रहेकाले कार्यालय आरुघाटमा सारेर काम गर्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले बताए ।
‘गाउँपालिकाको कार्यालयमा विद्युत र इन्टरनेट नहुदा बिल भुक्तानी गर्न, योजनाको फस्यौट गर्न समस्या भयो । त्यसैले अस्थायी कार्यालय स्थापना गरी यहीबाट सेवा दिइरहेका छौ,’ उनले भने ।
माछीखोलामा बिद्युत र ईन्टरनेट सुचारु हुनासाथ त्यहीबाट कार्यालय संञ्चालन गरिने समेत उनले जानकारी दिए । लगातारको बर्षाका कारण आएको बाढी पहिरोले बिद्युतको पोल ढलेकाले माछाखोलाबाट हुदै आएको सेवा केही दिन देखि अबरुद्ध बनेको थियो ।
उत्तरी गोरखाको धार्चेमा केही महिनाा अघि मात्र केन्द्रिय प्रशासरण लाइन पुगेको थियो । तर अविरल वर्षातका कारण आएको बाढी र पहिरोले दर्जनौ विद्युतका पोल ढलेपनि माछाखोलामा नियमित रुपमा हुदै आएको सेवा अवरुछ बनेको छ ।