फाइल तस्बिर
गोरखा- लगातारको बर्षाका कारण गोरखाका बिभिन्न सडक खण्ड अबरुद्ध भएका छन् । गएराति थपिएको भारी बर्षाका कारण गोरखा आँबुखैरेनी सडकखण्डको तीन किलो क्षेत्रमा पहिरो खसेको छ ।
पहिरो अबरुद्ध भएको उक्त सडकखण्ड पहिरो पन्छाएर एक तर्फी सञ्चालनमा ल्याइएको छ ।
गोरखा–खैरेनी सडक खण्डको ३ किलो क्षेत्रमा पहिरो पन्छाएर एकतर्फी सडक खुल्ला गरिएको छ । त्यस्तैगरी १५ किलो क्षेत्रमा पनि पहिरो जादा एक तर्फी मात्र सडक सञ्चालनमा आएको छ ।
उता सिरानचोक गाउँपालिका भित्र पर्ने ११ किलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक अन्तरर्गतको भालुस्वाराँमा पहिरोले सडक अबरुद्व पारेको छ भने पालुङटारबाट आँपपिपल जाने सडकमा पनि पहिरो गएर सडक अबरुद्व भएको छ ।
रातीदेखीको अबिरल बर्षाले पालुङटार नगरपालिकाको हवाई मैदान नजिकै पहिरो गएर सडक अबरुद्व भएको छ । पहिरो गएको सबै क्षेत्रमा अहिले मेशिन प्रयोग गरेर पहिरो पन्छाउने काम भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पहिरोले गोठ बगायो
पालुङटार नगरपालिका-९, चामबोटेमा एक घरमा पहिरोको लदो पसेर क्षति पुर्याएको छ । स्थानीयबासी बिमल थापाको पक्की घरमा पहिरोको लेदो पसेर घर नै धराप बनेको छ । त्यस्तै पालुङटार नगरपालिका ४ को छापथोकमा दामोदर गिरीको गोठ पहिरोले बगाउदा ७ वटा भैसी बगाएको छ ।
गिरीको गोठबाट वगाएको भैसीको ठाँटीपोखरी प्रहरीले उद्वार गरिरहेको ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जानकारी गराएको छ ।
त्यस्तै गरी भुसुण्डी खोलाले चोरकाटे जाने पुलको उत्तर तर्फ क्षेति गरेर किसानको खेतमा बाढी पस्दा १ हजार ५०० रोपनी भन्दा बढी अहिले भुसुण्डी खोला पुलको खतरा स्तरभन्दा पनि माथीबाट बगिरहेको छ ।