गाेरखा- गोरखामा निषेधाज्ञा आगामी असार २९ गतेसम्म थपिएको छ । शुक्रबार जिल्लास्तरीय कोभिड ब्यबस्थापन केन्द्रको वैठकले असार २९ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसअघि असार १९ गतेसम्म लागु गरिएको निषेधाज्ञा १० दिन लम्बाईएको हो । आइतबारदेखी सार्वजनिक यातायात सञ्चालन गर्न दिईने भएको छ । शुक्रबारको बैठकले आइतबारदेखी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निणर्य गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सिट क्षमता भन्दा बढि यात्रु नराखी स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपमा पालना गर्नेगरी यातायात सञ्चालन गर्न दिने निणर्य भएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १६ गतेबाट लामो दुरीको र बैशाख २१ गतेबाट जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाईएको थियो ।