गाेरखा- प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागीका गाेरखाका स्थानीय तहले आगामी आर्थिक वर्षमा ७ करोड बढी सशर्त अनुदान पाउने भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ मा कार्यक्रम सञ्चालन गर्न जिल्लाका ११ स्थानीय तहलाई सशर्त अनुदान कार्यान्वयन एव खर्च गर्न रकम पठाएकाे हाे ।
पहिलो चरणमा उपलब्ध गराइने यो रकमले जिल्लाको २ हजार २५० जना बेरोजगार युवाले न्यूनतम सय दिने रोजगारी प्राप्त गर्नेछन् । २ नगरपालिका र ९ गाउँपालिकामा हालसम्म ९ हजार ५६५ जना युवा बेरोजगार सूचीकृत रहेकाे प्रधानमन्त्री रोजगार कार्यक्रममा उल्लेख छ ।
सबैभन्दा बढी अनुदान आरूघाट गाउँपालिकाले पाएको छ । पारिश्रमिकमा आधारित आयोजना सञ्चालन गर्न आरूघाटलाई २ करोड ५५ लाख ६४ हजार रुपैयाँ सशर्त अनुदान दिने भएकाे छ । २ हजार ६६ बेरोजगार सूचीकृत रहेकाेमा मन्त्रालयले दिएको अनुदानले ४ सय १५ जनालाई न्यूनतम सय दिनको रोजगारी मिल्नेछ ।
सबैभन्दा कम अनुदान गाेरखा नगरपालिकालले प्राप्त गरेको छ । मन्त्रालयले विनियोजन गरेको पारिश्रमिकमा आधारित आयोजना सञ्चालन गर्न ससर्त अनुदान रकममा गाेरखा नगरपालिकाले ५१ लाख ९१ हजार रुपैयाँ परेको छ । १ सय ६९ बेरोजगार सूचीकृत यहाँ मात्र ८३ जनाले रोजगारी पाउनेछन् ।
१३ सय ३५ बेरोजगार सूचीकृत पालुङटार नगरपालिकालाई १ कराेड ९७ लाख ३२ हजार रुपैयाँ अनुदान छुट्याइएको छ । यो रकमले पालुङटारका ३ सय २०, सिरानचाेक गाउँपालिकालाई १ कराेड ३८ लाख २३ हजार अनुदान दिएकाेमा यहाँ बेराेजगार सुचिकृतकाे संख्या ९८० रहेकाे छ भने २२४ जनाले राेजगारी पाउनेछन् ।
अजिरकाेट गाउँपालिकालाई ८४ लाख ६८ हजार रुपैयाँ छुट्याइएको छ । ४ सय ७७ जना बेरोजगार सूचीकृत भएकामा मन्त्रालयले उपलब्ध गराउने पहिलो चरणको अनुदानले १ सय ३७ ले रोजगारी पाउनेछन् । बारपाक-सुलिकाेट गाउँपालिकामा १ हजार ८०१ बेरोजगार सूचीकृत छन् भने ३६६ जनाले रोजगारी पाउने गरी २ कराेड ५५ लाख ९९ हजार रुपैयाँ अनुदान छुट्याइएको छ ।
धार्चे गाउँपालिकामा ४६५ बेराेजगार सुचिकृत रहेकामध्ये १ सय दिनको रोजगारी दिन मिल्ने गरी ८३ लाख ४० हजार रुपैयाँ अनुदान प्राप्त हुनेछ । पहिलाे चरणामा धार्चेमा १३५ जनाले राेजगार पाउने छन् । १ सय ८२ बेरोजगार सूचीकृत चुमनुब्री गाउँपालिकामा ८३ जनालाई रोजगारी दिन मिल्ने गरी मन्त्रालयले ५३ लाख ३७ हजार छुट्याएको छ । भिमसेन गाउँपालिकाको भागमा १ कराेड २५ लाख ६७ हजार रुपैयाँ परेको छ । यहाँ ८ सय ६२ जना सूचीकृत बेरोजगार रहेकामा २ सय २४ जनालाई रोजगारी अवसर मिल्नेछ ।
६ सय ११ बेरोजगार सूचीकृत सहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्षमा ९८ लाख ९५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यो रकमले १ सय ६० जनालाई रोजगारी दिन पुग्नेछ । गण्डकी गाउँपालिकाको पोल्टामा ७५ लाख २० हजार रुपैयाँ अनुदान परेको छ । जहाँ ३ सय ८८ जना बेरोजगार सूचीकृत छन् । मन्त्रालयले पहिलो चरणमा दिएको अनुदान रकमले १ सय २१ जनालाई रोजगारी मिल्नेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनार्थ पहिलो चरणमा ९ अर्ब ८१ करोड ३९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ । यो रकमले १ लाख १८ हजार ९२ जनालाई न्यूनतम १ सय दिनको रोजगारी उपलब्ध गराउन सकिन्छ । २ लाख बेरोजगार युवालाई न्यूनतम १ सय दिनको रोजगारी दिने घोषणा गरेको सरकारले आगामी जर्षको बजेटमा १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
याे रकम ससर्त अनुदान मार्फत प्राप्त गर्ने भएका हुन् । पहिलाे चरणमा बितिय हस्तान्तरणा/आ. डि. ए / कार्यप्रगतिका आधारमा स्थानीय तहलाई निकाशा हुने रकम समेत समावेश भएको छ ।