काठमाडौं- नेकपा एमालेको एकता कार्यदलको मंगलबार बसेको बैठक सकिएको छ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुबीच सिंहदरबारमा चलेको बैठक सकिएको हो।
बैठकपछि प्रतिक्रिया दिँदै नेताहरुले सकारात्मक छलफल भएको बताएका छन्। माधव पक्षबाट कार्यदल सदस्य रहेका गोकर्ण विष्टले बैठकमा सुझावहरु राख्ने काम भएको र कसरी टुंगोमा पुग्ने भन्ने विधिबारे छलफल भएको बताए।
‘विभिन्न विषयमा रहेका असहमतिमाथि खुलारुपमा छलफल भयो। कुनै ठोस निर्णय भएन’, कार्यदलका एक नेताले भने, ‘बैठक भोलि बिहान ८.३० बजे फेरि बस्ने निर्णय गरियो।’