गाेरखा- नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा जिल्ला नेतृत्वका लागि केन्द्रीय गुटगत समूहहरु उम्मेदवार छनोट गर्न लागि परेका छन् । विगत दुई कार्यकाल जिल्ला सभापति रहेका हरिबहादुर घले कांग्रेसकाे विधान बमाेजिम फेरी सभापतिमा दाेह्याउन पाउने छैनन् ।
जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा समुह तथा बरिष्ठ नेता रामचन्द्र पाैडेल समुहविच टकराव पर्ने निश्चत छ । जिल्लामा महामन्त्री शशांक कोइराला र गगन थापासमुहका नेतासमेत कृयाशिल छन् । तर, थापासमुहका जिल्ला सचिव नन्दप्रसाद न्याैपाने जिल्ला सभापतिका उम्मेदवार हुन् । उनीसंगै भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे, नेता किरणबाबु श्रेष्ठलगायतका नेतावीच प्रतिस्पर्धाकाे सम्भावना बढी रहेकाे जिल्ला तहका नेताहरू बताउछन् । जिल्लामा पाैडेल समहु, देउवा समुह तथा जिल्लामा बनेकाे नयाँ समुहवीच कडा प्रतिस्पर्धाकाे सम्भावना रहेकाे जिल्ला तहका नेताहरू बताउछन् ।
जिल्लामा देउवा गुटका तिन समुह कियाशिल छन् । त्यसमा पाैडेल समुह तथा जिल्ला भित्रै क्रियाशिल समहुवीच कसले बाजी मार्छ, हेर्न लायक हुने जिल्ला तहका नेताहरू बताउछन् ।
तर, कांग्रेसमा अन्तिम पल नै महत्वूण हुने जिल्लाका नेताहरु दावी गर्छन् । जिल्ला सभापतिका लागी अहिलेसम्म खुलेर नै उम्मेदवार घोषणा गरेका छैनन् । कांग्रेसकाे विधान अनुसार महाधिवेश प्रतिनिधि भएपछि मात्रै जिल्ला सभापतिकाे उम्मेदवार बन्न पाउने प्रावधान छ । त्यसैले पनि सभापतिका आकांक्षा व्यक्त गर्ने नेताहरूले साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भएपछि मात्रै उम्मेदार घाेषणा गर्नेछन् ।
जिल्ला उपसभापतिमा क्षेत्र न १ का सभापति धिरन थापा, जिल्ला सचिवका लागि सिरानचाेक गाउँपालिकाका अध्यक्ष राजु गुरूङ, जिल्ला काेषाध्यक्ष कृष्ण आले, क्षेत्र न २ का क्षेत्रिय सभापति गाेविन्द्र गुरूङ र नेविसंघका तत्कालिन उपसभापति बलराम खड्कावीच प्रतिस्पर्धाकाे सम्भावना बढी रहेकाे चर्चा छ । क्षेत्र न १ काे सभापतिमा नायण लामिछाने र राेशन गुरूङ, क्षेत्र न २ काे सभापतिका लागि क्षेत्रिय सचिव मानप्रसाद धिताल र इमानसिंह बस्नेत आकांक्षालगायतकाले आकांक्षा व्यक्त गरेका छन् ।
गाेरखाबाट केन्द्रीय समितिमा नेता चिनकाजी श्रेष्ठ, सुरेन्द्रराज पाण्डे र कमला पन्त छन् । नयाँ केन्द्रिय समितिमा महासमिति सदस्य तथा नेपाल मुस्लिम संघका राष्ट्रिय अध्यक्ष अब्दुल सत्तार र जिल्ला सभापति हरिबहादुर घले आकांक्षा व्यक्त गरेका छन् ।
प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेकाे गाेरखामा प्रदेशमा चार निर्वाचन क्षेत्र रहेकाे छ । हरेक निर्वाचन क्षेत्रमा २४ जनाका दरले ४८ जनाकाे महाधिबेशन प्रतिनिधि रहने प्रावधान रहेकाे छ । त्यसमध्ये १० जना खुल्ला, ४ जना महिला र १० जना समानुपातिक तर्फबाट महाधिबेशन प्रतिनिधि सदस्यमा निर्वाचन लड्ने छन् । तर, क्षेत्रिय सभापति स्वत महाधिवेशन प्रतिनिधि हुनेछन् ।
अब काे-काे महासमिति सदस्यमा उम्मेदवार हुन्छन् त्याे झन त्याे रोचक हुनेछ ।
५० जनाबाट मात्र महासमिति सदस्य लड्ने व्यबस्था रहेकाे छ । कांग्रेसको महाधिवेशन आउँदो भदौ १६ देखि १९ गते तोकिएको छ । साउन १२ गते वडा अधिवेशन र साउन २६ मा जिल्ला अधिवेशन तोकिएको छ । भदौको १ र २ गते प्रदेश समितिको अधिवेशन, साउन २६ गते जिल्ला अधिवेशन हुदैछ ।
जिल्ला अधिवेशनअघि साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र २० गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन हुने भएको छ । त्यस्तै पालिका कमिटीहरुको अधिवेशन साउन १६ गते हुदैछ भने वडा कमिटीको अधिवेशन साउन १२ गते हुदैछ । क्रियाशील सदस्यको आधारमा वडा अधिवेशनबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापतिसहितको नेतृत्व चयन गर्ने प्रावधान छ ।
क्रियाशील सदस्य १२ हजार नाघ्यो
गोरखामा कांग्रेसका क्रियाशील सदस्य संख्या १२ हजार दुईसय १५ पुगेको छ । पार्टी कार्यालयका अनुसार यसअघिको १३ औँ जिल्ला अधिवेशनमा सातहजार सदस्य संख्या रहेकोमा चौधौँ अधिवेशनमा पाँच हजार भन्दा धेरै बढेको छ । पार्टी कार्यालय अनुसार गोरखाको निर्वाचन क्षेत्र नं. १ मा ६ हजार ६९५ र क्षेत्र नं.२ मा ५ हजार ५२० जना क्रियाशील सदस्य रहेका छन् ।
सबैभन्दा धेरै गण्डकी गाउँपालिकामा १ हजार ४ सय ६ जना, भीमसेन थापा गाउँपालिकामा १ हजार ३ सय ८० जना, गोरखा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म १ हजार ५३ जना, शहीद लखन गाउँपालिकामा ९ सय ८८ जना, आरुघाट गाउँपालिकामा ९ सय ७९ जना, चुमनुब्री गाउँपालिकामा ४ सय दुई जना छन् भने धार्चेमा ३ सय ८२ जना क्रियाशील सदस्य रहेका छन् ।
यस्तै, पालुङ्टार नगरपालिकामा १ हजार ४ सय ६२ जना, सिरानचोक गाउँपालिकामा १ हजार ३ सय ८९ जना, अजिरकोट गाउँपालिकामा १ हजार ९२ जना, बारपाक सुलीकोट गाउँपालिकामा ८ सय २७ जना, र, गोरखा नगरपालिकाको वडा नं. ८ देखि १४ सम्म ७ सय ५० जना क्रियाशील सदस्य रहेका छन् ।
यसपटकदेखि नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमितिको निर्वाचनका लागि मतदान पालिकाबाटै हुने भएको छ । पालिकाभित्रका क्षेत्रीय प्रतिनिधिहरुले आ–आफ्नै पालिकामा रहेर मतदान गर्ने व्यवस्था मिलाइएको क्षेत्रीय सभापति थापाले जानकारी दिए । १४ औँ महाधिवेशनका लागि गत असोज महिनादेखि काङ्ग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्य सुरु गरेको थियो ।