गोरखा- लायन्स क्लब अफ गोरखा सिटीले गोरखा नगरपालिका–५, चिल्ड्रेनपार्कमा पुर्ननिर्मित खडकदेबी मन्दिर परिसरमा तारजालि सहितको बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लले लायन्स बर्ष २०२१÷२२ पहिलो कार्यक्रमको रुपमा सुरुवाती गरिएको उक्त कार्यक्रमको उच्च प्रसंशा गर्दै आगामी दिनमा पनि यस्तै नमुना कार्य ल्याएर सहयोग वडा न ५ का वडाअध्यक्ष रामकुमार थापामगरले अनुरोध गरे ।
त्यस्तैगरी टोल बिकास समिती अध्यक्ष भाइकाजी आले मगरले तारजाली सहितको बृक्षरोपण कार्यक्रम गरेर क्लबले राम्रोकामको सुरुवात नयाँ ठाउँमा गरेकोमा हार्दिक धन्यवाद एव खुसी दिदै उक्त बिरुवाको संरक्षणमा पनि जोड दिए । बृक्षरोपणमा धुपि, अशोक, कल्की फुल र कपुर लगायतको ३०र३५ बिरुवा रोपिएको र उक्त बिरुवालाइ बस्तुभाउले नखाओस भनेर तारजालि सहित संरक्षण गरिएको क्लबले जनाएको छ ।
क्लब अध्यक्ष लायन इमानजङ् बानियाँले आफ्नो कार्यकालको पहिलो कार्यक्रमको रुपमा खडकदेबी मन्दिर परिसर उपलब्ध गराइदिएकोमा धन्यवाद दिए । उनले बृक्षरोपण गर्नु ठुलो कुरा नभई बिरुवालाई हुर्काउने र संरक्षण गर्ने मुख्य जिम्मेवारी रहेकाले सबैले यसलाई रेखदेख र संरक्षणमा जुट्न अनुरोध गरे । साथै आगामी दिनमा गोडमेलमा पनि क्लब जुट्ने प्रतिबद्धता जनाएका हुन् । क्लबको जिल्लामा सामाजिक कार्यमा सक्रिय सहभागीता रहने गरेको छ ।