गाेरखा- लामाे छलफल र रक्सारक्सीपछि गण्डकी प्रदेशका विनाविभागिय मन्त्रीले पद ग्रहण गरेका छन् । गाेारखाका प्रदेश सभा २ क का सांसद तथा जनता समाजवादी पार्टी (जसपा) हरिशरण आचार्य उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
मन्त्री आचार्यले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै तीन महत्वपूर्ण निर्णय गरेका छन् । गत जेष्ठ २९ गते जसपाको संसदीय दलको नेतृत्व गर्दै मन्त्री बनेकाे करिब एक महिनासम्म उनी बिना बिभागीय मन्त्री भएर बसेका थिए ।
कार्यभार सम्हाल्दै मन्त्री आचार्यले खानेपानी जनताको घर–घर पुर्याउने लक्ष्य र बिद्युतिय लिफ्टीङ खानेपानीलाई निःशुल्क बनाउने निर्णय गरेका छन् । प्रदेशको भौगोलिक अवस्थाले पनि खानेपानी सबैमा सहज आपुर्ती नभएको र बिद्युतको प्रयोगबाट लिफ्टीङ मार्फत खानेपानी पुगेका ठाउँमा खानेपानी निःशुल्कको पहल मन्त्रालयले गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै, सिँचाईका लागी प्रयोग भएका लिफ्टीङ कुलोहरुको हकमा संघीय सरकारले ५० प्रतिशत बिद्युत महसुल छुट दिएकोमा प्रदेश सरकारले थप मदत गर्ने अर्को निर्णय गरेका छन् भने बर्षातको समयमा बाढी पहिरोबाट क्षती भएका खानेपानी, नहर कुलो लगायतका ठाउँहरुमा तत्काल पुनःनिर्माण तथा रोकथामका लागी पहल गरिने उनले घोषणा गरेका छन् ।
हरेक सिंचाई कार्यलयमा कम्तीमा पनि पाँच सय थान जाली मौजात राख्ने र भू–क्षय न्यूनिकरण, उद्दार र राहातमा खटिन समेत उनले सबैलाई निर्देशन दिएका छन् ।
सरकारलाई कालिगण्डकी डाईभर्सन मान्य नहुने भन्दै त्यसको उपचार खोजिने समेत उनले बताएका छन् । उनले भनेका छन्– ‘कालिगण्डकी केबल पानी बग्ने नदि मात्र होईन्, यसको धार्मिक, संस्कृतिक तथा पौराणिक छुटै महत्व छ, यसको संरक्षण हुन्छ र गर्नुपर्छ।’