गाेरखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको बारपाक-सुलिकोट गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसहित ४ जना बिरुद्ध विशेष अदालत काठमाडाैंमा आरोपपत्र दायर गरेको छ ।
आयोगले आईतबार अनुसन्धान आयोग ऐन, २०४९ को दफा १८ र दफा ३५ को उपदफा १ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा वजेट विनियोजन भै गाऊँपालिकाको वडा नम्वर ७ झाँक्रीचोकदेखि ताकुसम्मको सडक निर्माणको काम गर्दा रकम हिनामिना गरेको दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईले निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रालिका अमर बहादुर गुरुङसँगको मिलेमतोमा आर्थिक हिनामिना गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गुरुङ हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत छन् भने लेखापाल घले र इन्जिनियर अंगाई अहिलेपनि सोही गाउँपालिकामा कार्यरत छन् ।
आयोगले दायर गरेकाे आरोपपत्रमा अधिकृत गुरुङ, लेखापाल घले, इन्जिनियर अंगाई रे ठेकेदार गुरुङसँग ३ लाख ६८ हजार ४२० भ्याटसहित विगाे माग गरेकाे छ ।