काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले गरेको अपेक्षाबमोजिम नै सर्वोच्च अदालतको फैसला आएको बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी सर्वोच्चको फैसला आएपछि अध्यक्ष दाहालले सर्वोच्चले संविधानको रक्षा गरिदिएको टिप्पणी गरेका हुन्। उनले अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको रक्षा भएको यसले कानुनी राज्यको संरक्षण गरेको बताए।
‘लोकतन्त्र रक्षाको यो आन्दोलनमा सहभागी सबैलाई म धन्यवाद दिन्छु’, फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले भने, ‘प्रतिगमन परास्त गर्न गरेको लडाइँ सफल भएको छ।’