काठमाडौं- नेपाली कांग्रेसका सांसद मिनेन्द्र विपक्षी दल एमालेले भनेजस्तो अदालतले प्रधानमन्त्री नियुक्त नगरेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले अदालतले प्रधानमन्त्री नियुक्ति गरेको नभई संविधान मिच्नेहरूलाई संविधान छ भनेर सम्झाएको बताए। उनले हिजो केपी शर्मा ओलीको नेतृत्व सरकार बनेदेखि संविधान भत्काउने काम सुरु भएको बताए।
‘एउटै दलको सभामुख र उपसभामुख बनाउनुभयो। दुई तिहाइको सरकारले जे गरे पनि हुन्छ भन्ने भयो’, रिजालले भने, ‘अदालतले प्रधानमन्त्री नियुक्ति गरेको होइन। उसले संविधान मिच्नेहरूलाई संविधान छ भन्ने सम्झना गराइदिएको हो।’
रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि सरकारले हरेक दिन संसद्को गरिमा बढाउने दाबी गरे।