काठमाडौं- गण्डकी प्रदेश सभामा विश्वासकाे मत लिदां नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले अर्थ मन्त्रालय जनता समाजवादी पार्टीका हरिशरण आचार्यालाई दिने सहमति गदैं विश्वासको मत प्राप्त गरे । त्यहि मन्त्रालय एक महिनासम्म आफु माताहात राखेका मुख्यमन्त्रीले ४५ दिनपछि अन्तत माओवादी केन्द्रका रामजी बरालाई जिम्मेवारी दिएका छन् ।
माओवादीबाट मन्त्री बन्नेको नाम प्राप्त हुनेबित्तिकै उनले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका मुख्यमन्त्रीले केन्द्रले नाम सिफारिश गर्नासाथ मन्त्रीपरिषद् विस्तार गरेका हुन् । उनले बराल, कृषिमा चन्द्र बहादुर बुढा र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दीपक चर्ती मगर गरी ३ जना गण्डकी प्रदेशमा मन्त्री बन्ने भएका हुन्। याे संगै गण्डकीमा ७ सदस्य मन्त्रीपरिषद् भएकाे छ ।
माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् । कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाउने छ । २ मन्त्री मागेको जनता समाजवादीका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।
यसअघि मुख्यमन्त्रीसंगै कांग्रेसका कुमार खड्का सामाजिक विकास मन्त्री रहेका छन् भने माओवादी केन्द्रकी मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छिन् । मन्त्रिपरिषद्मा रहेका जसपाका आचार्य उर्जा र स्वतन्त्र सांसद दिपक मनाङे खेलकुद मन्त्री रहेका छन् । मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुअघि आचार्यलाई अर्थ मन्त्रालय दिने लिखित र मनाङेलाई माैखिक सहमति गरेकाले गठबन्धनमा संकट आएको छ ।
नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन सरकार बनेको थियो। तर, सरकार गठन भएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि मन्त्रिपरिषद्ले भने पूर्णता पाउन सकेको छैन।
गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयका सन्दर्भमा भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो। सत्तारुढ दल कांग्रेसले नै मन्त्रीको नाम टुंग्याउन सकेको छैन। यस्तै, जसपाले एक मन्त्रालय मात्र पाउने भएपछि समानुपातिक सांसद धनमाया लामा पाेख्रेल आफुलाई जसरीपनि मन्त्री बनाईदिनु प¥यो भन्दै विभिन्न शक्ति केन्द्र धाईरहेकी छिन् ।