गोरखा– शुक्रबार गण्डकीका ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७८ जनामा गरिएको नमुना परीक्षणमा ४२० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३३३ जनाको नमुना परीक्षण गर्दा १५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, तनहुँका १२ जना, गोरखाका ५३ जना, लमजुङका १४ जना, नवलपुरका ५३ जना र स्याङ्गजाका ५० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका १६ जना, बागलुङका ४६ जना र म्याग्दी जिल्लाका १९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार ६१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४१० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५९ हजार ६३९ पुगेको छ। बिहीबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना र कास्कीका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४६ पुगेको निर्देशनालयले जनाएको छ ।