काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष पनि सरकारमा सहभागी हुने बताएका छन्।
मंगलबार बिहान नेता नेपालसँग भेटेका प्रचण्डले सरकारमा सहभागी हुन उनी राजी भएको बताएका हुन्। एक सदस्यले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘नेपाल पनि सरकारमा सहभागी हुन राजी हुनुभएको छ।’
बुधबार बिहान सत्तापक्षीय गठबन्धनको बैठकमा मन्त्रालयको भागबन्डा हुने प्रचण्डले बताएका छन्। नेपालपक्ष कुन रुपमा सहभागी हुने त्यहीँ स्पष्ट हुने प्रचण्डले बताएका हुन्।
एमालेको एकता प्रक्रिया चलिरहेका बेला प्रचण्डलाई नेपालले सरकारमा सहभागी हुने बताएका हुन्। प्रदेश प्रमुख र अन्य नियुक्ति पनि नेपाल पक्षलाई समेट्ने तयारी गठबन्धनले गरेको छ।