अष्ट्रेलिया- अधिक मत ल्याएर तनहुँका सन्देश राजभण्डारी गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) अष्ट्रेलियाको युवा समिति सदस्य निर्वाचित भएका छन्।
अष्ट्रेलियाको सिड्नीमा एक दशक बढी व्यवसाय गर्दै आएका दमौलीका भण्डारी एनआरएनए अष्ट्रेलियाको नेशनल युथ मेम्बरमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न भएको अधिवेशनबाट कुल सात हजार तीन सय दुई मत पाएका राजभण्डारी उम्मेदवारहरु मध्ये अष्ट्रेलियामा सबैभन्दा धेरै मत प्राप्त गरेका हुन् ।
राजभण्डारीले सात हजार तीन सय दुई मत प्राप्त गरेका छन् । निर्वाचित भएपछि राजभण्डारीले आफूलाई मतदान र समर्थन गर्ने सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
‘मलाई विश्वास गरेर मत दिने मतदाताको भरोसा टुट्न दिन्न,’ निर्वाचित भएपछि उनले भने, ‘साझा एनआरएन, सबल एनआरएन बनाउन मेरो पहल हुनेछ ।’ संस्थामा रहेर समाज सेवाको काम अझ तीव्र रुपमा प्रभावकारी ढङ्गले गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
राजभण्डारी सिड्नीमा सञ्चालन गरेको व्यवसायमा धेरै नेपालीहरुले रोजगारी पाएका छन् । पढाईका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुलाई उनले रोजगारी र साथ सहयोग दिलाउदै आएका छन् । उनी दमौलीमा सामाजिक कार्यमा सक्रिय रहेका रोट्याक्ट, लियोमा पनि पहिले आवद्ध रहेका थिए ।