काठमाडाैं- नेपाली कांग्रेस सिम्जुङ–काठमाडौं सम्पर्क समितिका तत्कालिन सचिव गणेश अधिकारी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । नेपाली कांगेस निकटको सम्पर्क समितिका सचिवरहेका अधिकारी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
अजिरकोट गाउँपालिका–४, सिम्जुङ झ्यावाका अधिकारी लामो समयदेखि कांग्रेस निकट विभिन्न संघ सस्थामा आबद्व भएका थिए । शनिबार एक कार्यक्रमकावीच माओवादी केन्द्रका प्रवत्ता नारायणकाजी श्रेष्ठले अधिकारीलाई स्वागत गरेका हुन् ।
कांग्रेस भित्र विचौलीया भनेर चिनिएका सांसद दवाडी पैसाकै आडमा समाजसेवा गरेकाे र समाजसेवाकै आडमा राजनितिमा आएको भन्दै जिल्लाका पूराना कांग्रेस नेता तथा कार्यकर्तासंग बोलचाल नै बन्दभएको समयमा अधिकारी माओवादी प्रवेश गर्नु सांसस दवाडीका लागि सुखद नभएको दावी गर्छन् ।
माओावादी प्रवेश गरेका अधिकारीले भने पारिवारिक टचरका कारण कांग्रेसमा नै फर्किनु परेको भन्दै विज्ञप्ति निकालेका छन् । उनी सदस्यसमेत नरहेको अजिरकोट–काठमाडौं सम्पर्क समितिको लेटरप्याड दुरूपयाेग गरि जारी गरिएको विज्ञप्तिमा भनिएकाे छ- ‘समाचारमा मलाई जोडेर प्रकाशित खबर प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । राजनैतिक व्यक्तित्व सँग व्यक्तिगत भेटघाटलाई लिएर राजनैतिक रूप दिँदै गोरखा क्षेत्र नं २ (ख) का सांसद प्रकाश चन्द्र दवाडी समेतको चरित्र हत्या हुने गरि आएको समाचार सरोसर झूटो र कपोल कल्पित रहेको हुँदा उक्त भ्रममा कोही नपर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछु । विगतमा पनि म नेपाली काङ्ग्रेस सिजङ्ग,–काठमाडौ सम्पर्क समितिमा रहि सामाजिक अनि राजनैतिक कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि आफ्नो आस्था रहँदै राजनैतिक अनि सामाजिक अभियानलाई निरन्तरता दिँदै जानेछु । त्यसैले कसैले पनि भ्रम सृजना हुने समाचार तथा अभिव्यक्ति नदिनुहुन अनुरोध गर्दछु ।
सम्पर्क समितिको लेटरप्याड दुरूपयोग गरि विज्ञप्ति निकालिएको भन्दै समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले भनेका छन् – ‘समाचार जुनसुकै विषयमा छापिए पनि विज्ञप्तिको रुपमा गणेश बाबु अधिकारीले अजिरकोट-काठमान्डौ सम्पर्क समितिको लेटर प्याड प्रयोग गर्नु ज्यादै निन्दनीय भएको कुरा जानाकारी गर्न चाहान्छु । हाम्रो संस्थाको लेटरप्याड अनाधिकृत रुपमा कसले दुरुपयोग गन्यो त्यो ज्यादै अमर्यादित, अकर्मन्य व्यवहार भएको र संस्थाको बदनाम गर्न खोजिएको महशुस हाम्रो कार्य समितिले गरेको छ । यस्ता अमानवीय, अलोकतान्त्रिक क्रियाकलाप नगर्न समेत हार्दिक अपिल गर्दछु ।’
उनी भन्छन्– यो सरासर छुट हो । यो कसले गर्यो हामी खोज्दै छौं । लेटर प्याड दुरूपयोग गरि विज्ञप्ति निकाल्नेलाई कार्वाहि गर्ने छाैं ।’