काठमाडौं – पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ०४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् । सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।
तीमध्ये १० हजार ११५ जनाको मृत्यु भएको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् । जसमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ७४१ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।