काठमाडाैं- सञ्चार माध्यमले प्रकाशन तथा प्रशारण गर्ने लोककल्याणकारी विज्ञापनको अनुगमन तथा भुक्तानी अब देशभरीका जिल्ला हुलाका कार्यालय मार्फत् हुने भएको छ।
विज्ञापन बोर्डले प्रेस विज्ञप्ति जारी गरी लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारणको अनुगमन तथा भुक्तानी सम्बन्धि सबै काम जिल्ला हुलाक कार्यालय मार्फत हुने जानकारी गराएको हो।
विद्युतीय तथा छापा माध्यममा प्रकाशन तथा प्रशारण हुने लोक कल्याणकारी विज्ञापन सम्बन्धी छुट्टाछुट्टै मापदण्डसमेत स्वीकृत भएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिए।