काठमाडौं- दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले एक्काइस दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।
‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन’ दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा थपिएको छ ।
नयाँ व्यवस्थाले सूर्य चिह्नबाट निर्वाचित माधवकुमार नेपाल पक्षका निर्वाचितले एमाले परित्याग गर्न पाउने भएका छन्। प्रदेश र स्थानीय तहमा सूर्य चिह्नबाट विजयी भएका माधव पक्षका जनप्रतिनिधि उनको पार्टीका आउने बाटो खुलेको छ। उनीहरुले नयाँ दल दर्ता भएको २१ दिनभित्र एमाले परित्याग गरेमा निर्वाचित पद नजाने भएको छ।