गाेरखा- सडक सञ्जालकाे पहुँच नपुगेकाे उत्तरी गाेरखामा खाद्यान्न अभाव हुन नदिन गाेरखाका प्रमुख जिल्ला अधिकारी (सीडीयाे) शालिग्राम शर्मा पौडेलले हेलिकप्टरकाे माध्यमबाट पुर्याइएको खाद्यान्न सञ्चित नगर्न आग्रह गरेका छन् ।
उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिकामा सडक सञ्जालकाे पुहुँचमा नभएकाे केहि क्षेत्रमा खाद्य संकट हुने भन्दै सिडियाे पाैडेलले स्थानीयसंग खाद्य सञ्चित नगरि सहयाेग गर्न आग्रह गरेका हुन्। स्थानीय स्तरमा खाद्यान्न उत्पादन नहुने सो क्षेत्रका लागि सरकारले ढुवानी अनुदानमा खाद्यान्न उपलब्ध गराउन खाद्य डिपो स्थापना गरेको छ ।
उनले भनेका छन्- ‘हिउँदमा जाने गाडी तर बर्षातमा जाने सक्ने अवस्था छैन । नेपाली सेनाको हेलिकप्टरबाट उत्तरी गोरखामा चामल तथा कोरोना खोप पुर्याएका थियौं । खाद्यान्न तथा कोरोना खोप पुर्याउन हेलिबाहेक आर्को विकल्प छैन । पहिलो खोप हामीले हेलिबाट नै लगेका हौं । २ महिनादेखि त्यहाँ बाटो अवरूद्व छ । कम्तिमा तत्काल खच्चड हिड्ने बाटो बनाउनु पर्छ । त्यसका लागि हामीले गृहमन्त्रालय तथा विपद प्राधिकरणमा अनुरोध गरेका छौं ।’
‘नेपाली सनाले बनाउदै आएको बेनिघाट-लार्के सडकखण्ड राजमार्ग निर्माणका लागि नेपाली सेनाको निर्माण दल खटिएको छ । त्यसलाई नै थप स्रोत साधन तथा विज्ञत्ता उपलब्ध गराएर कम्तिमा तत्काल खच्चड हिड्ने बाटो बनाउनु पर्छ भनेर हामीले अनुरोध गरेका छौं । त्यहाँ उत्पादन पनि कम हुन्छ । सबै यतैबाट लगेर खानु पर्छ । कसैले बढि खाद्यान्न संञ्चित गरेको कारणले कम हुने सम्भावना हुन्छ । कसैले त्यस ठाँउमा पहिल्यै नै खाद्य सञ्चित गरेर राख्नु हुन्छ । किनकी ति ठाँउमा हरेक बर्षातको समयमा बाटो बिग्रिन्छ । यसरूि लगेको खाद्यान्न आफुलाइ चाँहिने मात्रामा लिने अनुरोध गर्दछु’ उनले भनेका छन् ।
कोरोना त्रासका बीच उत्तरी नाका दुई वर्षदेखि बन्द छन् । जिल्लाको तल्लो क्षेत्रबाट गाउँ पुग्ने बाटो एक महिनादेखि अवरुद्ध छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चडसमेत चल्न सकेका छैनन् । चिनियाँ सीमानजिक उत्तरी गोरखाका गाउँमा बर्खाका बेला खाद्य संकटको जोखिम बढेको छ ।
उत्तरी गोरखामा धान फल्दैन । फल्ने बाली गहुँ, फापर र आलु हुन् । त्यसले ३ महिना पनि धान्दैन । चामल, तेल र चिनीलगायत दैनिक उपभोग्य सामग्री खरिदका लागी आरुघाटलगायत गोरखाको तल्लो बजार वा तिब्बती बजारको भर छ । कोरोनाअघि सामागाउँको रुइला नाका वर्षमा एक पटक र छेकम्पारको ङुइला नाका बाह्रै महिना खुल्थ्यो । यार्चागुम्बु संकलन गरेर बिक्रीपछि उपभोग्य सामग्री र लत्ताकपडा खरिद गर्न चौंरी र घोडा लिएर तिब्बतको बजारमा पुग्ने स्थानीयको लाम लाग्थ्यो ।
मनास्लु पदमार्ग अवरुद्ध भएपछि असार तेस्रो साता खाद्य संस्थानको सदरमुकामस्थित गोदाममा रहेको १ सय ५० क्वीन्टल चामल चुमनुब्रीको केन्द्र फिलिममा हेलिकप्टरमार्फत पुर्याइएको थियो । चामल फिलिमबाट छेकम्पार र सामागाउँ पुर्याउन झनै कठिन देखिएको स्थानीय बताउँछन् । त्यस माथिका बस्तीमा ढुवानी गर्न सहज छैन । सामागाउँ, बिहि, ल्हो, प्रोक, छेकम्पार, चुम्चेत लगायत ठाउँमा खाद्यान्न सिर्दिबासबाट स्थानीयले बोकेर लैजानुपर्छ । तिब्बत सीमा क्षेत्रका सामागाउँ र छेकम्पारका स्थानीयलाई फिलिम पुगेर फर्कन कम्तीमा पनि २ दिन लाग्छ ।
२०७७/०७८ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माछाखोला डिपोमा पाँचसय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपथ्र्यो । वर्षातका कारण बाटो अवरुद्ध भएको भन्दै ५ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा तीन सय ६१ क्विन्टल मात्रै ढुवानी भएको थियो । कोटा अनुसार ढुवानी नहुँदा माछाखोला डिपोमा हाल खाद्यान्न अभाव रहेको छ ।
भिडियाे