गोरखा- उत्तरी गाेरखाकाे चुमनुब्री गाउँपालिका वडा नं ६ लोक्पा नजिक डुँयुखोलामा पहिराले मंगलवार १६ वटा खच्चड पुरिएको छ । चुमनुब्री गाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको हाे ।
डुयु खोलामा पाँच सय मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा खच्चड पुरिएको हो । छेकम्पार सामग्री पु¥याएर सिर्दिबास तर्फ ल्याउने क्रममा खच्चड पुरिएको जिल्ला प्रहरी किर्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए । बुधबार सिर्दिबास चौकीबाट प्रहरी पहिरो गएको ठाउँ पुगेर त्यहाँको अवस्था अध्ययन गरेर फर्किसकेको समेत उनले बताए ।
डुयु खोलामा गत साउन २० गते पनि पहिरोले झोलुङ्गे पुल क्षति पु¥याएका थिए । पहिराले पुलमा क्षति पु¥याएसँगै उत्तरी गोरखा खाद्यान्न समान ओसारपोसाना तथा आवतजावतमा ठप्प बनेपछि स्थानीयहरुले काठको फड्को बनाएर आउजाउ गर्ने, खच्चड ल्याउन लैजाने गर्दै थिए । अहिले पहिरोले फड्के पनि बगाएको स्थानीयले बताएका छन् ।
पहिरोका कारण छेकम्पार आउजाउ गर्न स्थानीयलाई समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ढुवानीको मूख्य माध्याम खच्चड हो । खच्चड हिड्ने बाटो नभएपछि त्यहाँ खाद्यान्न हाहाकारको अवस्था आउने खतरा सँगै दैनिक गुजारा चलाउन समेत स्थानीयलाई समस्या हुने भएकाे छ ।
भिडियाे