गाेरखा- जिल्ला प्रशासन कार्यालय गाेरखाले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले बैदेशिक राेजगारीकाे सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार गाेरखा घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न कार्यालयका सुचना अधिकारी हर्कबहादुर राेकाद्वारा जारी गरिएकाे सूचनामा भनिएकाे छ ।
‘गाेरखाबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि हामीले विवरण सङ्कलन कार्य सुरु गरेका छौँ,’ उनले भने, ‘यसका लागि अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले प्रशासनमा आएर विस्तृत विवरण उपलब्ध गराउनुपर्नेछ ।’
अफगानिस्तानमा औपचारिक रूपमा जान प्रतिवन्ध लगाएकाे सरकारले विभिन्न बाटाेकाे प्रयाेग गर्दै त्यहाँ गाेरखाली समेत पुगेका छन् । तर, जिल्ला प्रशासनसंग गाेरखाका कति नागरिक त्यहाँ छन् डाटा छैन । त्यसैले अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले चाँडै विस्तृत विवरण टिपाउन भनेर सूचना प्रकाशन गरिएको हाे ।