काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भएका छन् । बालकोटमा सोमबार भएको छलफलमा नेता नेपालसहित १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन सहमत भएका हुन् ।
लामो समय नेपाल समूहमा रहेका र पार्टी विभाजनको विपक्षमा रहेका भीम रावलसहितका नेताहरुसँग भएको छलफलमा ओली १४ जना सांसदमाथिको कारबाही फिर्ता लिने र पार्टी एकताको वातावरण बनाउन सहमत भएका हुन् ।
यस विषयमा छलफल गरेर निर्णय गर्न भोलि (मंगलबार) ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । भाेलिकाे स्थायी समिति बैठकमा रावलसहितका नेताहरु सहभागी हुने बताइएकाे छ ।